Posted by: Deep March 10, 2008
घर
Login in to Rate this Post:     0       ?        

(मलाई ईमेलमा र यहीँ पनि कथा लेखेर अधुरो छोडन पाईदैन भन्दै सचेत गराउने सबै साथिहरु संग म सहमत छु। मेरो ब्यक्तिगर कारण जे सुकै भए पनि प्रस्तुती अधुरै छोडनु पढ्ने साथिहरुको अनादर गर्नु हो। त्यो म गर्न सक्दिन। त्यसैले कोशिस गर्दैछु अगाडी बढ्ने।)

 

प्रकास अघि देखि सुकिर्तीलाई सम्झेर आक्रोसित मात्रै हैन त्रसित र चिन्तित पनि थ्यो। आक्रोसित उ सुकिर्ती प्रति थ्यो, त्रसित आफैँ प्रति, अनि चिन्तित उ आक्रोसित नहुँदाकी सुकिर्ती प्रति।

 प्रकासले सुकिर्तीलाई फोन गर्न नचाहेको हैन। चाहेको थ्यो। तर उसैले पहिले सायद नचिनेको उस्को आफ्नै अहंकार रहेछ कतै उसै सँग जस्ले उस्लाई फोन गर्न दिएन। त्यो अहंकारले बरु सुकिर्ती तिर औला देखाईरह्यो जस्लाई उसैले बेईमानीको ओढ्ने ओढाईदिएको थ्यो। अहंकार र आक्रोसको आगोमा प्रकास जलेको थ्यो। आफु प्रतिको त्रास र सुकिर्ती प्रतिको चिन्ता त्यही आगोमा डढदै थिए।

सुकिर्ती संगै आफ्नो घर भित्र पस्दै स्वर्णीमले भान्छामा काम गर्ने दिदीलाई आबाज दियो। "उमा दिदी, ल हामी त यहीँ खाने भईम। भोजको कुरा चै नसोध्नुस है" स्वर्णीमले अलमलिएकी उमा दिदी तिर हेर्दै मुस्कुराउँदै भन्यो। "मलाई केही खान मन छैन" सुकिर्तीले भनेको स्वर्णीमले सुने पनि केही प्रतिकृया गरेन। उमा दिदीले त सायद सुनिनन पनि होला।

 सुकिर्ती त्यो स्वर्णीमको घरमा पहिला पनि केही पटक आएकी हो। यस पटक घर झन सजिएको, भब्य, अनि न्यानो लाग्यो उस्लाई। सायद उस्को मन दु:खाउने प्रकास त्यहाँ नभएर पनि होला।

ठुलो कौसी भएको माथ्लो तलाको बिशेष बैठकमा स्वर्णीमले उस्लाई अगुवाई गर्यो। सुकिर्तीको मनमा अनेकौ बिचारहरु आईरहेका थिए। उ प्रकासलाई पनि सम्झिदै थिई। स्वर्णीमलाई पनि हेर्दै थिई। यसरी उ घर नगएर ठिक गरीरहेकी छैन भन्ने पनि सोच्दै थिई। उस्ले केही गलत गरेकी छैन भन्नेमा पनि उ दृढ थिई। प्रकासले एक चोटी फोन गरेर बोलाए उ तुरुन्तै जान तयार थिई। फोन बज्छ कि भन्ने आश उस्मा हावी थियो। तर फोन बजेन।

स्वर्णीमले के कस्ता कुराहरु गर्छ, के कस्ता कुराहरु प्रति ईंगित गर्छ त्यस प्रति सुकिर्ती सचेत थिई। स्वर्णीमको ब्यबहार एकदम सौहार्द थ्यो। स्वर्णीमको बानी सुकिर्तीलाई आज जस्तो राम्रो कहिले लागेको थिएन सायद। उ प्रभावित भैइ। उस्ले मन मनै भनी "स्वर्णीम प्रकास भैदिएको भए?" उस्को मन केही पलको लागि खुसी भयो।

 धेरै कुराहरु भए। रेड वाईनका केही चुस्कीहरु ईतिहासमा पुगे। प्रकासले फोन नगरेर सुकिर्तीलाई गहिरो चोट पुर्याएकै थियो। त्यस्को मल्हम सुकिर्तीले त्यहाँ स्वर्णीमको घरमा पाएकि थिई।

 "अब धेरै ढिलो हुन लाग्यो, हिन म तिमीलाई पुर्याईदिन्छु।" स्वर्णीमले आखिर भन्नु थ्यो अनि भन्यो पनि। "खै प्रकासले त एक चोटी पनि तिमीलाई फोन गरेन।" यतिबेला आएर उस्ले थप्यो। पहिले उस्ले जानेरै सोधेको थिएन। सुकिर्तीले त्यो बुझेकै थिई।

सुकिर्तीले घडी हेरी। हो निक्कै ढिलो भैसकेछ। प्रकासलाई उस्लाई न कुनै बयान दिन मन थियो, न नै उस्को बयान लिन। घर जान उस्लाई हतार थिएन। स्वर्णीम हतारिएको थ्यो, उस्लाई पुर्याउन बरु।

 "प्रकास अफिसको हैन कतै अर्की सुन्दरी सँग हिसाब किताब क्लोजिङ्ग गर्दै थियो कि?" स्वर्णीमले अर्को ब्यङ्ग कस्यो मोटरसाईकलमा बस्दा बस्दै।

 "भएकी स्वास्नीको त हात समात्ने हिम्मत छैन उस्को ---" सुकिर्तीले यति मात्र भनी।

 मोटरसाईकलमा धेरै कुरा गर्दै स्वर्णीमलाई बाँधेर उ बसेकी थिई। सुकिर्तीका धेरै कुराहरु स्वर्णीमले सुनेन तर।

 सुकिर्ती घर भित्र गए पछि स्वर्णीम फर्कियो "प्रकासलाई मैले सोधेको छ भन्देउ है" भन्दै।

सुकिर्तिका पाईलाहरु अनायसै धेरै गर्हौ भए। आमालाई भेट होला भन्ने थियो, भेट भएन। तर आमाले कोठै बाट सुनीन अनि देखिन पनि बुहारी आएको। उनको मन लावा खाएको चङ्गा झै भयो।

 सुकिर्ती सरासर आफ्नो कोठामा गई। एउटा अनौठो अनुभव भयो उस्लाई त्यहाँ। उ अरु कसैको घरमा आए झै लाग्यो उस्लाई। यस्तो लाग्यो मानौ त्यो कोठा उस्को हैन।

प्रकास निदाएको त थिएन तर निदाएझै गर्दो थ्यो। सुकिर्तीले बालेको त्यो कुनामा राखेको मध्यम बत्तिमा उस्ले सुकिर्तीलाई हेर्यो उ निदाएकै छ कि झै भान पारी। सुकिर्तीको पहिरन र सौन्दर्यमा जगमगाएकी उस्लाई प्रकासले धेरै बेर हेर्न सकेन। मनमा आँधि आयो। साँच्ची नै, प्रकासले सधै झैं आफैंलाई मात्रै भन्ने गरेको कुरा अहिले पनि भन्यो "सुकिर्ती जस्ती राम्री उस्ले अरु कोही देखेको पनि छैन"। सुकिर्ती आफ्ना श्रींगार र पहिरन ओराल्दै थिई। प्रकासले आफ्नै कोठामा आफ्नै श्रीमतीलाई ओढ्नेको आडमा पर्दा लाएझै परेलीहरुबाट लुकेर हेर्यो। हेरी रह्यो। ....

(कुरा यति मात्रै कहाँ हो र? छ नी अरु) ------

 

Last edited: 10-Mar-08 03:15 PM
Read Full Discussion Thread for this article