Posted by: morningrays March 10, 2008
Hanumante river diverted
Login in to Rate this Post:     0       ?        
News from todays kantipur

हनुमन्ते फेरि फर्काइयो

मकर श्रेष्ठ

भक्तपुर, फागुन २६ - हनुमन्ते खोलाको बहाव फर्काउने र पीडित पक्षबीच बिहीबारदेखि विवाद भएको छ । यो खोला एक महिनाअघि फर्काएका थिए ।

इमाडोल र टीकाथलीका जग्गाधनीले ललितपुरतर्फो खोला भक्तपुरतिर फर्काएका थिए । पीडित पक्षले बिहीबार खोला साविकमा लान खोज्दा दर्ुइ पक्षबीच विवाद भएको हो ।

खोला फर्काएपछि लोकन्थली बुढाथोकी टोल किनारमा अवस्थित जग्गा धनीहरू वषर्ात्मा आफ्नो सम्पत्ति बगाउने आशंकाले उनीहरूले खोलालाई साविकमा पुर्‍याउन खोज्दा दर्ुइ पक्षबीच विवाद सुरु भएको थियो  ।

आफ्नो जग्गा खोलामा हुने भएकाले जग्गाधनीहरूले प्रतिरोपनी १० हजार उठाएर डोजेर लगाएर  खोला फर्काएका थिए ।

इमाडोल र टीकाथलीका जग्गाधनीले लालपर्ुजा देखाएअनुसार ललितपुरको जग्गा भक्तपुरतर्फो क्षेत्रफल बढेको छ । २०२१ सालमा नापीअनुसारको आफ्नो जग्गा गुम्ने त्रासले उनीहरूले खोला फर्काएको बताए । ३७ रोपनी

जग्गा खोलाले कटान गरेको उनीहरूले बताए । खोला आफ्नो जग्गातर्फफर्काएको थाहा पाएपछि खत्री टोलका जग्गाधनी परिवार नै आएका थिए ।

लोकन्थली बुढाथोकी टोलका जग्गाधनीहरूले खोला फर्काउन नपाउ“दै इमाडोलका विमला केसीको नेतृत्वमा जग्गा धनीहरूबीच ढुंगा हानाहान भएको थियो ।

लोकन्थली बुढाथोकी टोलका जग्गा र घर मात्र होइन किनारमा रहेको राम मन्दिरसमेत वषर्ात्को बेला बगाउने अवस्थामा छ । बुढाथोकी टोलकी सावित्री बुढाथोकीले भनिन्- 'इमाडोल र टीकाथलीवासीले  हाम्रो टोललाई

बगाउन खोला फर्काएका हुन् ।'

डोजर लगाएर खोलाको प्राकृतिक बहाव नै बिगारेर सरकारलाई चुनौती दिएको उनले बताइन् । उनले भनिन्- 'खोलाले मेरो घर जग्गा बगायो भने के मैले सम्पत्तिको दाबी गरेर खोला फर्काउन मिल्दैन ।' हनुमन्ते खोलाको

किनारमा भएका घर जग्गा यस वर्षो वषर्ात्मा बगाउने उनले बताइन् ।

मातेश्वर समाज सुधार समिति इमाडोलका अध्यक्ष मोहन केसीले भने- 'आफूहरूले फर्काएको खोलालाई लोकन्थली बुढाथोकी टोलका जग्गाधनीले नफर्काएको र भाडाको गुन्डा लगाएर जग्गा हडप्ने प्रयास गरेको हो ।'


This is loktantra, do whatever u want nobody will stop u.
Read Full Discussion Thread for this article