Posted by: Nepe March 8, 2008
मेरै जिबन दाउमा थापी झेल गरीछौ (gajal)
Login in to Rate this Post:     0       ?        

Waka-jyu,

 

अब तपाईले जानी जानी experimental  गजल लेखेको थाहा पाएको भए अलि कम harsh कमेन्ट लेख्थें कि । एनिवे, खुशि लाग्यो गजल विधानसंग अपरिचित हुनुहुँदो रहेनछ । तपाईको पछिल्लो गजलमा काफिया-रदिफ पूर्ण त छदैछन्, भाव पनि परम्परागत श्रृङ्गारिक लेदोमै चोपिएको अनुभूति हुन्छ गाँठे । एउटा कुरा चाही जरुर भन्न चाहन्छु- यी विषय र भावनाहरु निखारिईसकेका (exhausted) कुराहरु हुन्, त्यसैले तीनमा हात हाल्दा नविनता र मौलिकता देखाउन अत्यन्तै कडा मेहनत गर्नुपर्ने हुन्छ । मेहनत पुगेन भने पाठकहरुलाई ती कतै सुनिईसकेका, कतै पढिईसकेका जस्ता लाग्न पुग्न सक्छन् ।

 

अनि तपाईले आविष्कार गर्नु भएको भनेर जो भने दोहोरो काफियायुक्त गजललाई, त्यसलाई यत्तिकै dismiss गर्न चाहन्न म । त्यो शैलीलाई तपाईले स्थापना गर्न सक्नुभयो भने (भनम् न तपाईले केवल त्यही शैलीमा लेखिएको एउटा स्तरिय गजल संग्रह प्रकाशित गरेर केही followers समेत जम्मा गर्न सक्नु भयो भने) एउटा ठूलै योगदान र भलाई हुनेछ । भलाई चाही के अर्थमा भने वास्तवमा नेपाली भाषा उर्दुको तुलनामा अनुप्रास-न्युन भाषा भएकोले यो त्यति गजल-मैत्री छैन । ५०-६० वटा गजल लेखिसकेपछि अनुप्रास निखारिएको अनुभव हुन्छ । यही कारणले कति गजलकारहरु गजलबाट पलायन भएका छन् । यस्तोमा केही नयाँ वैकल्पिक शैलीद्वारा नेपाली गजललाई जीवित राख्ने मात्र होईन समृद्ध बनाउन सकिन्छ भने त्यो ठूलै योगदान र भलाई भएन त ?

 

रदिफ हटाएर काफियालाई बढाउँदा शाब्दिक स्वतन्त्रता (degree of freedom) बढ्न गई गजल लेखन अलि बढी सहज पनि हुने अनि लयात्मकताको क्षयको पनि क्षतिपूर्ति हुने देखिन्छ । त्यसैले यो शैलीलाई तिलाञ्जली नै चाही दिई नहाल्नुस है भनेर सचेत गराउन खोजेको के मैले ।

 

नि:सन्देह हरेक अभ्यासीले अभ्यासकालमा यस्तो शैलीको पुनर्आविष्कार गर्ने गर्दछन् (हाम्रा राहुलभाईज्यूकै रचना त्यसको प्रमाण हो), तर यसलाई स्थापना गर्ने तर्फ भने शायदै कसैले सोचेको होला । अब सोच्ने कि भन्ने पनि मेरो आग्रह हो । अलिकति आँट, केही मेहनत र पूर्ण प्रतिवद्धता- चाहिने सर्दाम यत्ति हो त्यसको लागि ।

 

Nepe

Read Full Discussion Thread for this article