Waka-jyu,
तपाईको प्रतिभाबारे शिरीषको उदगारसंग सहमत छु । परन्तु, तपाईका रचना, जुन अहिले वैधानिक गजल भईसकेका छैनन् (गजलका सर्वमान्य र मुटु मानिने “काफिया-रदिफ” विधानको पालना गर्नुभएको छैन तपाईले), लाई “गजल” को दावी सहित प्रकाशित गर्न म शिफारिस गर्दिन ।
“काफिया-रदिफ” विधानबारे तपाई अलि अलमलमा हुनुभएको मानिचु है मैले ।
तपाईका अघिल्लो र यो दुबै रचनामा दोहोरो (double) “काफिया” (rhyme) को प्रयोग गर्नुभएको छ, जबकि चाहिने चाही एकल (single) काफिया हो । फेरि, शेरमा “काफिया” को लगत्तै पछिल्तिर “रदिफ” (refrain) हुनुपर्छ । “रदिफ” अनिवार्य त होईन, तर आरम्भिक अभ्यासमा यसलाई अनिवार्य नै सम्झी गजल कोर्दा यसमा पारंगत होईन्छ ।
त्यसकारण, अहिलेलाई मेरो सल्लाह के छ भने, कम्तीमा “रदिफ” भएको एउटा गजल लेखेर देखाउनुहोस् । अनि म तपाईलाई उत्तिर्ण मानुँला । त्यतिञ्जेल, तपाई गजलको प्रशिक्षार्थी हो, ग्य्राजुयट होईन ।
रदिफ = refrain = repeated words = पुनर्वृतांश
उदाहरणको गजलमा “निकले” भन्ने सबै शेरहरुको अन्त्यमा हुने र अपरिवर्तित शब्द छ नि, हो त्यही हो “रदिफ” ।
हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले
बहुत निकले मेरे अरमाँ, लेकिन फिर भी कम निकले
डरे क्यों मेरा कातिल क्या रहेगा उसकी गर्दन पर
वो खून जो चश्म-ऐ-तर से उम्र भर यूं दम-ब-दम निकले
निकलना खुल्द से आदम का सुनते आये हैं लेकिन
बहुत बे-आबरू होकर तेरे कूचे से हम निकले
मुहब्बत में नहीं है फ़र्क जीने और मरने का
उसी को देख कर जीते हैं जिस काफिर पे दम निकले
खुदा के बासते पर्दा ना काबे से उठा जालिम
कहीं ऐसा न हो याँ भी वही काफिर सनम निकले
कहाँ मयखाने का दरवाजा 'गालिब' और कहाँ वाइज़
पर इतना जानते हैं, कल वो जाता था के हम निकले
___
हवस् त, विधानवद्ध गजल रचनाको लागि शुभकामना सहित,
Nepe