Posted by: Rani Pokhari March 7, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

Last Episode

मलाई America जाने भूतले सताइ रहेको थियो। पुरानो bank मा हुँदा देखी नै America जानु पर्ला कि भनेर Univeristy सँग correspondence गरिरहेको थिए। नयाँ bank मा ६ महिना के काम गरेको थिए visa लागिहाल्यो। बैंक छाडेको दिन प्रिया लाई फोन गरे,र भने म America जादै छु। प्रिया शान्त थि, कुनै जवाफ नभएको जस्तो चुप थि। केही बोलिनन....... एक्छिन मा एक्कसि एउटा प्रश्न सोधी तपाईं मलाई तपाईं को बिहे मा बोलाउनु हुन्छ, मैले भने अवश्य, अनि तिमी नि … उनि ले पनि sure भन्दै थि, मलाई थाहा छैन उस्ले किन सोधेकी थि यो प्रश्न मलाई।

म America आए। तर America आउने बेलामा मैले प्रिया लाई फोन  गर्न चाहिन। फोन गरु कि जस्तो लागि रहेको थियो तर गरिन। America आए पछी प्रिया लाई ईमेल लेखे, प्रिया  को reply मा उस्ले लेखेकी थि, I was expecting your call on the day you went to USA.
 
America को individual र independent life ले सताइ रहेको थियो मलाई। Msn messenger मा सधैं online बस्नु अनि नेपालमा साथीहरुसँग च्याट गर्नु मेरो दिनचर्या बन्दै थियो। Messenger मा लामो समय सम्म online बस्ने साथीहरु मध्य Priya पनि थि।  मुकुल पनि London गै सकेको थियो। उ पनि online आउथियो तर एकदमै कम्। London को ब्यस्त जीवन को बारेमा सुनाउथियो, तर बिचरा ले त्यहा कसैलाई फोन गर्न समय नै नपाउने रहेछ। दिनभर फोन मा झुन्डिनु पर्ने मान्छेलाई फोन गर्न समय नहुँदा साचैनै गाह्रो नै भयो होला। तर प्रियालाई भने म दिन दिनै जसो online भेटथिए।

२ महिना भन्दा बढि online chat गर्दा गर्दै मेरो loneliness को online साथी बनी सकेकी थि प्रिया। प्रिया ले एक्दिन मलाई अकस्मात् एउटा कुरा भनि मुकुलले मलाई propose गरेको थियो तपाईं ले भन्दा नि पहिला। अब मलाई बल्ल पत्ता लाग्यो मुकुल को दिउसो long phone च्याट गर्ने special केटी को रहिछिन भनेर।  एक्दिन मुकुल ले दारु खाको बेला मा भनेको पनि थियो मैले येस्को को लागि मेरो लाईफ को valuable चिज sacrifice गरेको छु। यो मोरो जन्ढ्या ले के भन्यो भनेर कसैले नि वास्ता गरेको थिएन। उस्को valuable चिज त्यस्दीन मैले बुझे। मेर हाथ हरु कप्न थाले, प्रिया सँग को च्याट मा मैले केही लेख्न नै सकिन। प्रियाले यो कुरा आज मलाई किन भन्दै छे।  के प्रिया म र मुकुल को बिचमा फाटो ल्याउन खोज्दै छे,  के उनि कुनै चीज को बदला लिन खोज्दै छे।  एही यावत कुराहरु सोचदै प्रियासँगको च्याटलाई मैले त्यस दिन त्यही पूर्णबिराम गरे। 

कुरा निकै पुरानो भै सकेको थियो। अब फेरी सम्झेर tension मा आउनु थिएन मलाई। Sajha.com, msn chat, hi5 आदी इत्यदि नै थियो मेरो  एक्लोपना को साथी। मेरो hi5 मा प्रिया लाई पनि add गरेको थिए। तेस्मा प्रिया को फोटो चाँही थिएन। प्रियाको नेट्वोर्क मा थोरै साथी हरु थिए। Hi5 मा साथी हरु खोज्नु अनि साथी हरु को reunion गर्न खोज्नु मेरो सोख बन्दै थियो। एतिकै मा by chance एक्दिन एकजना अपरिचित member को profile हेर्न पुगे म, तेस्मा लेखिएको थियो Sweet Angel o mine…. फोटो थियो प्रिया को।  प्रिया को boyfriend??? म छक्क पर्दै त्यो रात भर फेरी एक पटक पुराना दिन हरु सम्झे। Msn मा प्रिया त्यही दिन देखी block छिन्। मेरो birthday मा एउटा  कार्ड आएको थियो khattam.com मार्फत, लेखिएको थियो Sir, why are you angry with me, I tried to remember what mistake I committed but could not find. तर म कस्तो निस्ठुरी reply आज सम्म पनि गरिन।

समाप्त ......... प्रिया मलाई माफ गरिदेउ

Read Full Discussion Thread for this article