Posted by: Rani Pokhari March 7, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

Episode 5

२ दिन पछी रेगुलर झै क्लास भो। क्लास normal way मा नै लिये मैले। प्रिया स्टुडेन्ट को भूमिका मा थि म teacher को भूमिका मा अनि ७ देखी ८ बजे सम्म को tuition को नाटक पनि सकियो। दिउसो प्रिया को फोन फेरी आयो मैले नै उठाये प्रिया रिस ले चुर भै रहेकी रहिछिन। नमस्कार सर्… तपाईं ले मलाई एकदम् tension दिनु भो अब अति नै भो अब देखी yo relation येहि सम्म .. येति भन्दै फोन राखिदि…। मलाई मात्र के को tension आ…। आफु झन mental लाई आनन्द नै भाको जस्तो भै रहेको थियो दिमाग मात्र खल्बल भै रहेको थियो प्रिया सँग को relation जुन दिन देखी सुरू भो त्यही दिन देखि। म प्राय बोली रहने मान्छे … घर मा धेरै दिन भो त्यती बोल्न छाडेको। त्यो दिन त ईन्स्टिच्युट बाट सिधै घर आए अनि सिधै bed तिर गएर सुते। बहिनी ले सोध्दै थि के भो के भो… भन्दै… केही हैन भनेर सुते।। अब घर मा शन्का त हुने नै भो ।।मलाई के भा छ भनेर, बोल्न पनि कम् हुँदै छ फेरी आज कोही सँग नबोली सुत्न गयो… भोलि पल्ट बिहानै बहिनी ले सोधि मुकुल सँग झगडा भो हो? मुकुल सँग झगडा असम्भब कहिले नि हुन सक्दैन। मुकुल त मेरो मिल्ने साथी हो। जीवन मा progress कसरी गर्न सकिन्छ भनेर practically सिकाउने मान्छे। केही हैन केही भा छैन भने मैले… यो कुरा बहिनी लाई चाँही भन्नु पर्ला भन्ने मन मा थियो अनि बेलुका बहिनी लाई सबै कुरा भने। बहिनी मेरो मिल्ने साथी हरु मध्य एक हो। बहिनी र म वास्तव मा twins हौ। मम्मिले  भन्नु भा को म एक घण्टा अगाडि जन्मेको रे बहिनी भन्दा। बहिनीको सजेसन हरु निक्कै valuable छ मेरो लाईफ मा। आज म जे छु जस्तो छु मेरी बहिनी कै कारण ले छु। संसार मा सबै भन्दा प्यारो चिज के हो भनेर मलाई सोध्यो भने म मेरी बहिनी नै भन्ने छु। मेरो आदर्श हो मेरो बहिनी। बहिनी ले भनि, के त येसरि हिंड्नु practical छ त। के हाम्रो family status ले दिन्छ तपाईं लाई लभ सव गरेर हिंड्न। बौ ले कसैको कुरा सुन्दैन, अनि मम्मी  ले बौ को मात्र कुरा सुन्छ। फेरी हामी financially एकदम् weak नै छौ, तपाईं रहर ले हैन बाध्यता ले आफ्नो campus नगैकन पढाउने काम गर्दै हुनुहुन्छ… फेरी त्यो केटी ले के नै पो देख्यो होला रा तपाईं सँग। केटी हरु ले फ्युचर हेर्छ तपाईं सँग के फ्युचर देखी होला र प्रिया ले … केटी  हरु को कुरा केटी हरु नै बुझ्न सक्छन  ….. यि सब कुरा हरु लाई सोच्दा मेरो मन मा अब प्रिया प्रति को चाहना कम् हुँदै गैरहेको थियो।

७ बजे को क्लास को course सकियो। हुन त अरु course हरु पनि सकिदै थियो। बिस्तारी म free हुँदै थिए। अनी प्रिया सँग दिउसो हुने फोन बार्ता पनि कम् हुँदै बिस्तारि पूर्णबिराम झै लाग्न थालिसकोको थियो। आफ्नो MBS second year को exam पनि आउँदै थियो। Exam दिये राम्रो भो। Exam सकियेको केही दिन मा Bank मा जागिर पाए। तर पढाउने काम त मेरो passion थियो। मेरो रगत मा थियो शायद तेसैले होला पढाउने काम चाँही छोड्न सकेको थिन मैले बैंक को ब्यस्तता को बाबजुत् पनि।  बहिनी को एउटा  कुरा मलाई सधैं नै याद आईरहन्छ, केटी हरु ले केटा हरु मा आफ्नो future हेर्छ। शायद येहि कुरा ले मलाई सधैं नै उक्साइ रहन्थियो career राम्रो बनाउन मा।  

एक्दिन office मा थिए, मेरो mobile मा फोन आयो। Prepaid mobile भर्खर सुरू भा थियो। तेसैले दोस्रो lot बाडेको बेला मा लिएको थिए। फोन प्रिया को थियो। मुकुल ले दिएको रे मेरो नम्बर भन्दै थि। मुकुल र प्रिया को कुरा प्राय भै रहन्थियो। आफ्नो प्रिया प्रति interest बिस्तारि हट्दै गै सकेको थियो। प्रिया भन्दै थि, उस्ले MBS जोइन गरी रे अनि अहिले New Road मा MBS को accounts को tuition पढ्चिन रे। मैले ए ए मात्र भन्दै गए।  फोन मा हाम्रो कहिले काही मात्र कुरा हुन्थियो। बाटो मा कहिले काही भेट पनि हुन्थियो। नमस्कार सर्…। अब यो नमस्कार भन्ने शब्द प्रति मलाई घ्रिना लाग्न पनि कम् हुँदैथियो।

मेरो Banking career निकै नै लोव् लाग्दो पारा मा progress हुँदै थियो। एक बर्ष मा नै promotion हुनु, department head हुनु जस्ता कुरा ले म निक्कै नै खुशी थिए, आफ्नो उज्ज्वोल भबिस्य देखिरा को थिए। ३ बर्ष लगातार काम गरिसकेपछि मलाई अर्को बैंक बाट offer आयो। बैंक नयाँ थियो भर्खर खुल्न लागेको थियो। License लिने देखी staff training दिने सम्म सब काम गर्नु पर्ने। काम सिकिने भो भनेर नयाँ बैंक join गरे। बैंक अपरेसन मा आउनु भन्दा अगाडि सम्म त्यती काम नै हुन्न थियो, त्यसैले दिन भर cyber café मा बसे झै internet मा नै हुनथिए प्राय सबै  staff हरु। म msn messenger  मा सधैं नै online हुन्थिए।  प्रिया को याद मस्तिस्क मा झिनो हुँदै थियो। तर एकदिन प्रिया ले मलाई msn messenger मा पकडिहाली।  च्याट हुन थाल्यो … अहिले उनीहरु लाजिम्पाट बाट सरेर बुढानिलकण्ठ सरेको रे।। अनि उस्को घर मा कसैले नि उस्को कुरा बुझ्दैन रे… अब त घर छाडेर हेटौंडा गएर बस्छु रे, हेटौंडा मा उस्को आन्टी छ रे… एस्तै कुरा गर्थी प्रिया।। उस्को कुरा मा केबल निराशा मात्र थियो … लाग्थियो प्रिया निकै ठुलो समस्या मा थि। मैले गर्न सक्ने केही थिएन। बरु बैंक तिर vacancy आको थियो भने उस्लाई खबर चाँही गर्थिए।

to be continued.........

Read Full Discussion Thread for this article