Posted by: Namastey Dallas March 7, 2008
टेक्सासमा नेपालीलाई छुरा प्रहार
Login in to Rate this Post:     0       ?        

 

 

 

 

 

So sad news sathiharu ...............

Let's pray to God for them........

And hope them to get well soon......

 

अन्य जानकारीको लागी अमेरिकअदर्पन.कम   मा लग अन गर्नुहोस्

     Logon to :     www.americadarpan.com

 

टेक्सासमा नेपालीलाई छुरा प्रहार,एकको अवस्था चिन्ताजन,एकको शल्यक्रिया हुदै,एकको सामान्य
:: अन्तर्राष्ट्रिय समाचार
- अमेरिकादपर्ण सम्वाददाता
टेक्सासमा नेपालीलाई छुरा प्रहार,एकको अवस्था चिन्ताजन,एकको शल्यक्रिया हुदै,एकको सामान्य टेक्सास,७ मार्च/ अमेरिकाको टेक्सास राज्यस्थित डलास अर्भिङ्गमा बिहिबार दिउँसो २.३० बजे २ जना लुटेराहरुले टेक्सासको ग्याँस स्टेसन लक्की फुड स्टोरका मालिक दिपक मैनाली र उहाँको सहयोगमा बस्नु भएका सन्तोष श्रेष्ठलाई धारिलो छुरा प्रहार गरी सख्त घाइते बनाएका छन् । बिहिबार दिउँसो उक्त ग्यास स्टेसनमा ग्राहकहरुको आवतजावत निकै हुने भएकोले लुटेराहरुले पैसा लुट्न बन्दुकको सट्टा छुरा प्रयोग गरेको हुन सक्ने अनुसन्धान अधिकृतले बताएका छन् ।

अर्भिङ्गको नर्थ बेल्टलाइनमा रहेको उक्त ग्यास स्टेसनमा घटनाको लगत्तै सुरक्षकर्मीले घटनास्थललाई चारैतिरबाट आफ्नो कब्जामा लिई २ जना संकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको कुरा अर्भिङ्ग पुलिस डिपार्टमेन्टले बताएको छ ।

घटनास्थलबाट घाइते द्वयलाई तत्कालै उपचारार्थ डलासको पार्कलेण्ड अस्पताल पुर्याइएको थियो । अमेरिका दर्पणका प्रतिनिधि अस्पताल पुग्दा र यो समाचार तयार पार्दासम्म सन्तोष श्रेष्ठलाई आईसीयू दोस्रो तल्लामा भर्ना गरिएको छ भने दिपक मैनालीको शल्यक्रिया हुदै थियो । दिपक मैनालीलाई शरिरको दुइ ठाउँमा गहिरो चोट लागेको र सन्तोष श्रेष्ठलाई भने गहिरो चोट नलागेको तर अवस्था सामान्य हुन एक दुइ दिन लाग्ने कुरा अस्पताल श्रोतले बतायो ।

त्यसैगरी फेब्रुअरी ५, २००८ मा अर्भिङ्ग डलासकै वेस्ट बालनटहिल र स्टोरीको मध्यभागमा पर्ने सेभरोन ग्यास स्टेसनमा एक जना सङ्कास्पद लुटेराले उत्तम खड्कालाई पेट र छातीमा नौ दश पटक छुरा प्रहार गर्दा चिन्ताजनक अवस्थामा आज सत्रौ दिनपनि डलासको पार्कलेण्ड अस्पतालको आईसीयूमा उपचारार्थ राखिएको छ । उहाँको अवस्था अहिलेसम्म पनि खतरा मुक्त नभैसकेको अस्पताल श्रोतले बताएको छ ।

उत्तम खड्कालाई मार्ने नै गरी छुरा प्रहार गरिएको भएपनि उक्त ग्यास स्टेशनबाट कुनै कुरा लुटिएको भने छैन । रातको ११.३० बजे उक्त घटना घट्दा उहाँको श्रीमती भने साथमै हुनुहुन्थ्यो । उहाँको श्रीमतीलाई कुनै चोट लागेको छैन । अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । तर वास्तविक अपराधी हो कि होइन भन्ने उत्तम खड्का खतरा मुक्त भएपछि मात्र थाहा हुने अनुसन्धान कर्ताको भनाइ छ ।

उहाँको श्रीमतीले आक्रमणकारीको अनुहार नदेखेकोले वास्तविक अपराधीको पहिचान हुनसकेको छैन । घाइते उत्तम खड्का पुरै होशमा आएपछि मात्र पक्राउ परेको व्यक्ति अपराधी हो वा होइन थाहा हुने अनुसन्धान अधिकृतको भनाई छ । टेक्सासका ग्यास स्टेशनमा लुटेराहरुले बन्दुक नै प्रयोग गर्दथे तर हालका केहि समय भने छुरा र चक्कू प्रयोग गर्न थालेको विभिन्न स्थानमा घटेको घटनाबाट थाहा हुन आएको छ ।


 

Last edited: 07-Mar-08 03:03 AM
Read Full Discussion Thread for this article