Posted by: Rani Pokhari March 6, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

Episode 4

मनमा बिभिन्न किसिम का सोचाइ हरु बोक्दै सोच्दै पुगे Standard chartered bank मा। मेरो लाईफ को पहिलो डेटिङ। त्यो पनि नेपाल बन्द को दिन अनि कुनै पार्क मा नभैकन Standard Chartered Bank मा। फेरी  कस्तो उल्टा date fix मैले गर्नु पर्ने ठाउँ मा प्रिया ले fix गरेकी।  प्रिया मलाई देखेर निक्कै नै खुसी भै। मैले सोधिहाले “ के भो” प्रिया ले भनी घर  जान नै मन लागेन। कस्तो अचम्म… घर नै जान मन लागेन अनि कहाँ जाने त..... मैले सोधे। प्रिया ले भनिन ठमेल तिर घुम्न जाउ … नेपाल बन्द मा ठमेल??? हुनपनि नेपाल बन्द मा ठमेल घुम्नु को आनन्द नै बेगलै हुदो रहेछ… सधैं खैला बैला हुने त्यो ठाउँ सुन्सान हुँदा मानौ कुनै dating spot भन्दा कम् चाँही नहुने रहेछ। घुम्दा घुमदै धेरै कुरा भो … म फेरी कुरा चपाउन नसक्ने मानिस्। मुकुल भन्ने गर्थियो यार तँ त खुला किताब हो। जस्ले नि २-४ पटक को भेट मा पढ्न सक्छ।  येस्तो खुला किताब लाई password राखेर lock गर्न तैले सिक्नु पर्छ। अब यो त सबै बानी हो नि। Artificially password राख्दैमा मान्छे को behavior त change हुन्न नि। प्रिया सँग को ठमेल घुमाइ मा धेरै personal कुरा भो… घर को बारेमा निक्कै कुरा भो, मानौ सम्पूर्ण कुरा नै भो … शायद मैले जीवनमा  त्यती सारो घर को कुरा कसैलाई नि भनेको थिएन… मुकुल लाई समेत् पनि मैले भनेको थिएन।  प्रिया ले पनि एउटा  खुला किताब झै मेरो जीवन को सबै चिज पढी।  कतै गएर ब्रेकफास्ट गरु भन्दा कही कतै केही पनि खुला थिएन। Ascol campus अगाडि एउटा चिया पसल खुला रहेछ त्यहा चिया चाँही पाइने रहेछ।। नेपाल बन्द भाको ले दुध छैन रे तेसैले कालो चिया मात्र छ रे… ok भन्दै कालै चिया दुबै ले पियोउ अनि प्रिया लाई घर सम्म पुर्याइदिए।

थाहा छैन त्यो दिन प्रिया ले मेरो मुख बाट के सुनि  वा मेरो खुला किताब झै मन बाट केके कुरा  थाहा पाइ। दिउसो घर पुगेर मैले फोन गरे। फोन उठेन। अरुबेला एक घन्टी मा नै उठने फोन त्यो दिन ४-५ पटक full घन्टी जादा नि उठेन। मन मा निकै कौतुहलता थियो। आफुलाई थाम्नै सकिन। झटपट फोनको तार कम्प्युटर ma जोडेर dial up को internet start गरे अनि प्रिया लाई ईमेल लेखे। आज हामी कति close भयोउँ एक्छिन को ठमेल घुमाइ मा मैले तिमीलाई बुझ्ने र तिमीले मलाई बुझने थुप्रै मौका हरु पायोउं हामीले। अनि email मा अरु पनि थुप्रै कुरा हरु लेखे सम्पूर्ण ठमेल भ्रमण् थियो त्यो ईमेल मा। नेपाल बन्द को सार्थक् ठमेल घुमाइ को ब्रितान्त लेखेको थिए।

ईमेल पठाएको एकैछिन मा फोन आयो। प्रिया ले ईमेल पढि सकिछ। अनि मलाई भनी, मेरो बारे मा तपाईं लाई के थाहा छ र त्यसरी हामी close भयोउं भनेर भन्न लाई। हामी त खाली teacher student हौ। मलाई अचम्म लाग्यो यो सुन्दा उनी अली tension मा थि। उनी बोलिरही थाहा छैन के के बोल्दै थि तर मेरो दिमाग मा “ हामी त खाली teacher student हौ” भन्ने कुरा मात्र खेलिरा थियो।। उनिले के भनेर फोन राखी त्यो पनि मलाई याद छैन। मलाई आज सम्म थाहा छैन त्यो dating… हैन हैन ठमेल घुमाइ मा उनिलाई के मन परेन थाहा छैन मलाई। आफु फेरी मेन्टल मान्छे अनि straight forward कुरा गर्ने मान्छे… सिधै कसैले भनेन भने झन्नक रिश उठिहाल्ने। म पनि के कम्, फोन सोन गर्नै छादिदिये। फेरी concidence भन्नु पर्ला लगातार २ दिन क्लास नै लिन नसकिने गरि कडा सँग नेपाल बन्द भो। घर मा बहिनी थि, बहिनी लाई कसैको फोन आयो भने नदिनु है भनेको थिए, अनि ईन्स्टिच्युट मा पनि प्रिया को फोन आयो भने थाहा छैन मेरो बारे भन्नु भनेको थिए। प्रिया को फोन आयो, मेरी बहिनी ले मैले भने झै भनी दाई घरमा हुनुहुन्न। ईन्स्टिच्युट मा पनि धेरै पटक फोन आएछ तर मेरो अत्तो पत्तो प्रिया ले पाइनन दुई दिन सम्म। ईन्स्टिच्युट मा फोन गर्दा भन्दै थि  रे, मैले के गल्ती गरे र त्यस्तो अहिले मलाई sir ले एस्तो सजाय दिदैहुनुहुन्छ. घर मा फोन गर्दा हुनुहुन्न रे, ईन्स्टिच्युट मा फोन गर्दा अत्तो पत्तो छैन … आखिर sir कहाँ हुनुहुन्छ त।

To be continued.........

Read Full Discussion Thread for this article