Posted by: BKMailo March 6, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

बैंकको काम प्रभावित

कास

भोजपुर, फागुन २२ -  दैनिक करोडौं कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी अभाव भएको छ ।

प्रबन्धकदेखि मुखियासम्म तीस कर्मचारीको दरबन्दी रहेको बैंक अहिले चार जनाले चलाएका छन् । कार्यालय प्रमुखलगायत अन्य कर्मचारीहरू बिदामा छन् । बैंकले जिल्ल्ााको सम्पर्ूण्ा सरकारी, गैरसरकारी एवं र्सवसाधारणसित र्सवाधिक कारोबार गर्दै आएको छ ।

चेक पाएको तीन दिनसम्म पनि रकम भुक्तान गर्न सकिएको छैन, एक कर्मचारीले भने । टाढा गाउ“बाट आएका र्सवसाधारणले बैंकमा काम नभएपछि सदरमुकाममा महंगो खाना खाएर बस्न बाध्य भएको बताए ।

'चार जना कर्मचारीले सबै फा“टमा काम कसरी भ्याउनु -,' एक कर्मचारीलेे भने- 'केन्द्र र क्षेत्रीय कार्यालयले बेवास्ता गरेका छन् ।' बैंकले एक महिनाअघि चार जना कर्मचारीको सरुवा गरेपछि उनीहरूको सट्टामा कर्मचारी आएका छैनन् ।

पर्ूवसैनिक, प्रहरी, निजामती, शिक्षकको पेन्सन वितरण, विकास योजनाको रकम निकासा भइरहेकाले तीन दिनदेखि बैंकमा कामको चाप बढेको छ । गाविसको रकम निकासा, योजनाको रकम लिन टाढा-टाढाबाट आएका र्सवसाधारणले निकासा नपाएको गुनासो गरेका छन् । बैंकले चार कर्मचारी भर्नाका लागि एक वर्षघि परीक्षा लिए पनि नतिजा प्रकाशित गरेको छैन ।

Source : http://www.kantipuronline.com/kolnepalinews.php?&nid=139815

Read Full Discussion Thread for this article