Posted by: shirish March 6, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

Lopchan jee,

Few examples of kafia: (in blue)

हात परेको छ खाम रातोरातो
पक्कै यसभित्र छ सलाम रातोरातो !

गुलाफ रातो छ गुराँस रातो
राखिदिउँ कि उनको नाम रातोरातो ?

बिहानी रातो छ साँझ रातो
आयो कि दे हो याम रातोरातो ?

के गर्यो कल्ले कि के भन्यो कल्ले
देखिएको छ चेहरा तमाम रातोरातो !

फर्माइस उनको हो पिउनै पर्छ
भरिदिउँ न त जाम रातोरातो !

कसको माया पोखियो ए 'बूँद' यसरी
आकासैभरि छ डाम रातोरातो !

- Boond Rana

 

यति चोट लागिसक्यो लाग्ने ठाउँ छैन
मुटुभित्र गोला अरु दाग्ने ठाउँ छैन

बाँच्नु पर्ने जिन्दगीमा कति मरिएछ
बिहानी लौ भयो भनी जाग्ने ठाउँ छैन

तनमन सबैतिर द्वन्द चलेको छ
कुनै द्वन्द छोडी अन्त भाग्ने ठाउँ छैन

देवता को राक्षसको चिन्न सकिएन
कसैसित आफ्नो भाग्य माग्ने ठाउँ छैन

- Sarubhakta Shrestha

(www.tanneri.com)

Read Full Discussion Thread for this article