Posted by: Deep March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ल शिवरात्रिको दिन पनि गफै मात्रै गरेर बस्नु पर्ने भो। यसो दिउँसो पशपति जाने-- फर्किदा चाबेलाँ भाँगको लड्डु लडाउने अनि धोबीखोला आईपुग्दा अघि सम्म फडकेर तरेको खोला अहिले त बिशाल फैलिएको देखेर खोला छिर्नु २०० फिट परै देखी प्यान्टस सार्या देखेर अर्को हाँस्या अनि त्यो हाँस्या देखेर आफुलाई काउकुती लाग्या जस्तो अनि एउटा कानमा एउटा साथी बोल्या अर्को कानमा अर्कै साथि बोल्या जस्तो लाग्ने -- अनि घर छेउ आईपुग्दा हेर्दा हेर्दै एका पट्टीको गारो ड्याङ्गै लड्या देखेर "एस्सीमा---" भन्ने एक्स्प्रेसन पनि उतै छुटे। खत्तम भो।

त्यो ग्वाँचेले टाँस्या फोटो चै दामी रछ।  खास मजा आउने नै त्यसरी तान्दा हो। झिलिक्कै हुने गरी।

जय शम्भो! कैलासमा मेला लाग्या होला आज!

Read Full Discussion Thread for this article