ँसबैभन्दा सुरक्षा गोर्खाहरूमाझ’
कान्तिपुर संवाददाता
बेलायती राजकुमार ह्यारीले बेलायती सेनामा कार्यरत गोर्खालीको वीरताको कदर गरेपछि यो चर्चा सुरु भएको हो । अफगानिस्तानको युद्ध क्षेत्रबाट फर्केका ह्यारीले सोमबार भने- 'यदि यो धर्तीमा कुनै सुरक्षित स्थान छ भने त्यो गोर्खाहरूको माझ छ ।'
लन्डनबाट प्रकाशित केन्ट न्युजका अनुसार २३ वषर्ीय राजकुमारलेे उनका गोर्खा सहकर्मीहरूबाट खुकुरी उपहार पनि पाएका छन् । उनलाई १० सातासम्म शाही गोर्खा राइफल्सको पहिलो बटालियनस“गै अफगानिस्तानमा तैनाथ गरिएको थियो । समाचार प्रकाशन नगर्ने बेलायती सञ्चारमाध्यमहरूको प्रतिबद्धता अमेरिकी समाचार संस्थाबाट भंग भएपछि उनको ज्यान जोखिममा रहेको भन्दै सेनाले गत शनिबार फिर्ता बोलाउने निर्ण्र्ाागरेको थियो ।
आइतबार अफगानिस्तानबाट फर्केका राजकुमार ह्यारीले आफ्ना अनुभव र अनुभूति प्रेसस“ग बा“डेका थिए । त्यही क्रममा उनले गोर्खा सैनिकको प्रशंसा गरेका हुन् ।
'यदि तपाईं गोर्खाहरूका बीच हुनुहुन्छ भने म सम्झन्छु सा“च्चै नै त्योभन्दा सुरक्षित ठाउ“ अरू हुनै सक्दैन,' उनले भने- 'उनीहरू सधै“ खुकुरी बोक्छन् र शत्रु देख्नेबित्तिकै जाइलागिहाल्छन् ।'
तालिवानहरूस“गै जम्मा ५ सय मिटरको दूरीमा गोलावारी चलिरह“दा राजकुमार ह्यारी गोर्खाहरूस“गै थिए । उनले गोर्खाहरूस“ग कुखुरा र खसीको मासु खाएको क्षण कहिल्यै बिर्सन नसक्ने बताए ।
'म राजकुमार ह्यारीले गरेका कामबारे टिप्पणी गर्न चाहन्न,' बेलायती सेनाका एक प्रवक्ताले भनेका छन्- 'तर गोर्खाहरू संसारकै उच्च युद्धकला भएका योद्ध हुन् । उनीहरूले व्यावसायिक सैनिकका रूपमा विश्वमै सम्मान पाएका छन् ।'
बेलायती सेनामा गोर्खाहरू भर्ती हुन थालेको झन्डै २ सय वर्षपुगिसकेको छ । पछिल्लो समयमा सेवा र सुविधाको विवादमा रहेको गोर्खा सैनिकको संख्या कटौती हु“दै आए पनि उनीहरूको वीरताको प्रशंसा हुने क्रम थामिएको छैन ।
Posted on: 2008-03-04 21:50:00
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=139708
British Prince Harry pose as a Gurkha