Posted by: Rani Pokhari March 5, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

Episode 3

त्यस रात भर निद्रा लागेन, दिमाग मा निक्कै नै कुरा खेल्यो। सुत्न सक्ने त chance नै थिएन। बिहान ५ बज्यो, ईन्स्टिच्युट जान को लागि तयार भए, बिहान ५.३० बजे तिर नै ईन्स्टिच्युट पुगे। मुकुल बसी र थियो। सिधै फोन गरे प्रिया लाई, शायद उ पनि कुरेर नै बसिरहेकी थि।  फोन को एक घन्टी मात्र के गएको थियो फोन उठाइहाली प्रिया ले। मैले भने सुन it is not a joke, it is real. Whatever Mukul said was true. प्रिया फेरी भन्दै थि, म आज आउदिन क्लास मा र अब म कहिले नि आउदिन। प्रिया ले एतिकै मा फोन राखिदि।

मुकुल ले के भो के भन्दै थियो। खै यार कुरा बिग्रेको जस्तो छ मैले भने। हया मुला छाडिदेउ… उस्ले कति सजिलो सँग लिएको अर्की अइ हाल्छ नि …. तर मेरो जीवन को पहिलो प्रेम थियो प्रिया, one sided नै भये पनि त्यती सारो कसै लाई पनि मैले मेरो मन र मस्तीस्क दुबै ठाउँ मा राखेको थिएन। त्यो दिन क्लास लिन सक्ने स्थिती नै थिएन मेरो। जसो तसो क्लास त लिये नै। प्रिया आइनन। मलाई लगिरा थियो प्रिया ले के सोची होला। मेरो परिचय कति राम्रो थियो उस्को दिमाग मा पहिला तर आज के सोची होला मलाई, कस्तो टाईप को teacher भनेर सोची होला, एस्तै यावत कुरा हरु ले भित्र भित्रै खाँदै थियो मलाई। मन मा कता कता मैले धेरै ठुलो गल्ती गरे भन्ने भान हुँदै थियो। आफुलाई थुक्क म कस्तो जस्तो लागिरा थियो। यो लभ सव भनेको गर्न नहुने रहेछ बल्ल थाहा भो। मैले सिकेको पहिलो प्रेम को पाठ।

अब प्रिया कहिले नि आउने भैइनन् एही सोचे मैले। त्यो दिन तेत्तिकै बित्यो अब पढाउनु पर्ने काम त गर्नैइ पर्‍यो। एसै त दिमाग मा धेरै tension लिन नसक्ने मान्छे एत्तिका tension लिदा बहुलाउने नै भो नि। क्लास सब साकिएपछी साथी हरु को जमघट भो। सब लाई उत्सुकता थियो मेरो प्रेम कहानि ले के मोड लिएको छ भनेर। बेली बिस्तार् लाग्यो हिन्दी धाराबहिक झै।

तेस्रो दिन पनि प्रिया आइनन, मेरो मन मा झिनो आशा थियो प्रिया आउछिन कि भनेर। मुकुल ले भन्थियो फोन गर्न समेत् पनि  हिम्मत छैन यार त सँग कसरी लभ गर्छस। हुन त लभ गर्न पनि  guts नै चाहिन्छ। फोन त गर्नै पर्‍यो …. साथी ले त्यस्तो नराम्रो सँग भने पछी फोन गरे…। फोन को घन्टी जान पाको छैन उठ्यो… नमस्कार Sir… 

उफ्फ्फ्फ्फ्………फेरी नमस्कार…। Casting नै झुर्… मैले सोधे तिमी लाई साह्रै रिस उठेको  छ हो मसंग… उनीले भनी हैन… तेसो भये किन क्लास नआएको त... म क्लास मा आउनै सक्दिन होला … कसरी पढ्ने मैले तपाईंले पढाईरहेको  बेला मा। मैले भने Please do not say anything like that, if you do not accept this, just we will be very good friends…. यो त अलि common नै कुरा हो नि … propose हान्दा fail खायो भने एसो भन्ने भनेर सिनेमा हरु मा हेरेकै कुरा थियो। प्रिया ले यो कुरा चाँही मानि अनी भोली बाट क्लास मा आउने समजदारि भो। यो कुरा चाँही मुकुल बाहेक कसैलाई थाहा थिएन। भोली पल्ट अरु पढाउने साथी हरु छक्क प्रिया लाई देखेर। स्व्यम ले भन्दै थियो रे… एस्को को लभ चाँही success भा जस्तो छ भनेर।

मुकुल लाई जिस्काउने मौका मिलेको थियो… कहिले के भन्दै कहिले के भन्दै प्रिया लाई जिस्काउथियो। कहिले राम्री भएर पढ्न नआउनु है फेरी Sir ले त्यही कुरा गर्ला… एस्तै एस्तै… एक्दिन त मुकुल ले नमस्कार भाउजु भनेछ… दिउसो घर मा थिए प्रिया को फोन आयो अनी भन्दै थि।। आज मलाई मुकुल ले नमस्कार भाउजु भन्यो कस्तो बदमाश… मैले ए भने तेही त…अनी तिमी ले केही भनेनौ त… उनी ले भनी उम्हु केही पनि भनिन… प्रिया लाई  we will be good friends भनेको त खाली बाहना न थियो मेरो। अब मेरो लभ गुरु मुकुल का अनुसार उस्लाई personal कुरा हरु सोध्नु भन्ने लेसन पढेको थिए त्यही अनुरुप सोधे… सम्पूर्ण कुरा हरु… बुवा को profession देखी उस्को schooling सम्म का सम्पूर्ण कुरा हरु।

फोन मा कुरा हुने क्रम निरन्तर नै जारी थियो। कहिले उनी ले फोन गर्थी कहिले मैले किनकी दिउसो घर मा म एक्लै हुन्थिए। बिहान ११ बजे सम्म tuition पढायो अनी अर्को tuition ४ बजे बाट सुरु हुन्थियो। एक्दिन राती ९ बजे तिर फोन आयो। फोन blank थियो। कसैले पनि बोलेन। मलाई थाहा थियो यो प्रिया को नै फोन हो भनेर। अब प्रिया हो भनेर कुरा गर्‍यो भने धेरै बेर कुरा गर्नै पर्‍यो… मलाई डर फेरी  घर मा थाहा पाउला भन्ने थियो। वास्तव मा मलाई घर मा थाहा होला भनेर डर किन थियो भन्दा मेरो बुवा साह्रै नै कडा। म निक्कै नै डराउथिए सानै देखी र अहिले हुर्किसक्दा पनि त्यो बाल्यकाल् देखी तर्सिरहेको बानी आझै हट्न सकेको थिएन। सानो बच्चा देखी नै मलाई तर्साउनु हुन्थियो कहिले लठ्ही ले त कहिले सिस्नु ले। आज मलाई inferiority feel हुनु को पछाडि पनि शायद त्यही बाल्यकाल को परिणाम् हुनु पर्छ।  मैले फोन मा खाली हेल्लो हेल्लो गरेर राखिदिए। बौ ले सोधदै थियो कस्को फोन … खै कोही पनि बोल्दैन … बौ ले भन्दै थियो वाहियात्… तर मलाई थाहा थियो त्यो वाहियात थिएन, मेरी प्रिया को नै फोन थियो।

भोली पल्ट प्रिया भन्दै थि… तपाईं कस्तो छुचा… हिजो किन नबोलेको…। मैले सिधै भनी दिये के गर्नु तिम्रो जस्तो private रूम मा private फोन छैन मेरो। बौ ले सुन्छ फोन को कुरा सब अनी कसरी कुरा गर्ने त। बिहान हामी teacher student नै थियौ तर दिउसो फोन मा लामो लामो कुरा हुन्थियो कुरा पनि के के हो के के। मलाई लागि रहेको थियो अब प्रिया ले मेरो बारेमा research गर्दै छे। मेरो राम्रो नराम्रो कुरा हरु पत्ता लगाउदै छे। मैले normal way मा नै लिएकोथिए।

नेपाल बन्द हुनु normal नै हो। नेपाल बन्द भन्दै मा क्लास गरेन भने फेरी tuition मा पनि course सकिन्न तेसैले हामीले नेपाल बन्द मा पनि क्लास continue नै गर्थियौ, त्यो दिन आउन नसकेको लाई आर्को क्लास मा राखेर वा दिउसो ११ बजे पछी छुटटै एक्छिन   पढाएर क्लास लाई balance मा ल्याउथियौ। त्यो दिन पनि नेपाल बन्द नै थियो। म बिहानै ईन्स्टिच्युट पुगेको थिए। ७ बज्यो, प्रिया आइ , त्यो क्लास को अरु student कोही पनि आको थिएन। प्रिया tuition centre को अफिस room मा निक्कै बेर सम्म बसी। त्यही बिच मलाई आहिले सम्म याद छ, स्व्यम एउटा   chair मा बसेर newspaper पढिराथियो… त्यो मुला ले के सुर चलेर हो एउटा news को headline सुनायो। “ प्रेम मा असफल भएपछी प्रेमी ले प्रेमिका को हत्या गर्‍यो”… त्यो मुला एत्ती ठुलो स्वरले करायो ki एक्छिन सम्म कोठा मा कसैले नि बोलेन … मानौ सुन्सान नै भो शायद हावा सम्म चलेन कोठा मा। एकै छिन् पछी प्रिया हिडि अब बिस्तारि हिंडेर घर जान्छु भन्दै गैइ। ल राम्ररी जानु है भनी दिए… म मुला पनि लभ गर्न चाँही नजानेको मान्छे… म पुर्याइदिन्छु भन्न समेत् नसकेको।। प्रिया हिंडेपछी मुकुल  ले पो सम्झायो मलाई यो कुरा।। आफु लाई थुक्क कस्तो मान्छे म … कस्तो निश्ठुरी टाईप को मान्छे यार म भन्दै सोचिरा को के थिए। प्रिया को फोन आयो, मलाई खोजेकी भन्दै मुकुल ले फोन दियो। उत मलाई कुरेर पो बसी रहेकी रहिछ। कन्तिपथमा अहिले Global bank भा को ठाउँ मा त्यहा पहिला Standard Chartered Bank थियो, त्यही बैंक बाट फोन गरेर मलाई कुरेर बसिरा कि रहिछिन उनी। थाहा थिएन उनीले किन बोलाइन् मलाई त्यहा केही थाहा थिएन पटक्कै थाहा थिएन। मन मा एउटा ब्याकुल्ता बोक्दै छिटो छिटो मेरा पाइलाहरु त्यही बैंक तिर हुइकिदै थिए।।।। 

To be continued.....

Read Full Discussion Thread for this article