Posted by: Rahuldai March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

लौ हर्केले पास गर्‍यो। अरुले?

पशुपती त सबै जना गैयो होला तर दर्ता गर्ने गरेका छैनौ होला। पशुपतिमा आएका गएका भक्तजनहरुको लागि दर्ता किताबको ब्यबस्था गरिएको छ। श्री महादेव अधिकांश समय गाँजा भाङ मै दङ् रहने भएकोले दिनमा कती आए कती गए भन्ने हेक्का न रहने हुनाले त्यसको ठेक्का दर्ता किताबलाई दिएको रैछ। अब जुत्ता फुकाली गन्हाएको मुज्जा सहित लामो लाइनमा बसेर जय सम्भो म आएं रक्षा गर भन्दै लाउड स्पीकरमा कराए पनि सुन्ने होइन भोलेनाथले। लट्ठिएको शंकर् लाई कंकड ले हाने नि होसमा आउने होइन। बर्षामा एक दुई दिन गाँजा भाङ को अभाव भएको बेला ( लामो समय नेपाल, तराइ बन्द भएको बेला) दर्ता किताबमा नजर लगाउने गर्नु हुन्छ। तसर्थ त्यो दर्ता किताबमा दर्ता नगरी भोले नाथको कृपा पाउला भन्ने कुरा त्यो अगाडिको नन्दी को झर्ला भनेर कुर्नु जस्ताइ हो।
दर्ता किताब कहाँ होला भन्ने जिज्ञासाको लागि आगामी कार्यक्रम को प्रतिक्षा गर्नु होला।

Read Full Discussion Thread for this article