Posted by: Deep March 5, 2008
घर
Login in to Rate this Post:     0       ?        

"यस्तो जमघटमा पनि एक्लै कौसीमा?"

सुधीरदाईको बैनी संगै कौसीमा आउँदै  स्वर्णीमले उही पुरानो बाण झै मुस्कानले सुकिर्तीको अभिबादन गर्यो।

"ए! स्वर्णीम? ल हेर काँ बाट नी तिमी?" सुकिर्तीले अचम्म परेको स्वरमा सोधी। उस्का गाला सूर्यास्तको पस्चिम आकास झै भए।

स्वर्णिमको आँखामा एउटा चमक आयो। त्यो सुकिर्तीले पनि देखी। सुधीरदाईकि बैनीले सुकिर्तीलाई हेर्दै भनी "--आउ न तल --यसो केही लिउ न" अनि स्वर्णीम तिर पनि हेर्दै थपि--"तिमी पनि।"

"प्रीती!" तल बाट ऋचादिज्जुले बोलाएको सुनेर सुधीरदाईकी बैनी स्वर्णीम र सुकिर्ती तिर अलमलिएको दृष्टी दिंदै ओर्ली तल।

"के हो तिम्रो सुन्दरता त अचेल झन आँखै तिर्मिराउने भएछ--हामी जस्तालाई त जिउँदै मार्दिनी बिचार छ कि के हो?" स्वर्णीमले सुकिर्तीको अलि नजिक आउँदै सोध्यो।

सुकिर्तीका अधरमा मन्द मुस्कान ओर्लिए। "तिमी अघि आउँछु भनेर भर्खर आएको?" उस्ले सोधी।

"अब आफ्नो त यता आज आउने बिचारै थिएन। साथीहरु सँग अर्कै कार्यक्रम थ्यो, त्यसकै लागि तयार हुँदै थिएँ। अब मेरो निम्ता त तिमीले च्यातिहालेउ-- तर तिम्रो त म के सक्थें? साथिहरुलाई भाको नभाको कुरामा अलमलाउन एक छिन त लागि हाल्यो नी। म त हिनेँ सुकिर्ती भेटन, तिमिहरुको मतलब छैन मलाई भन्न भएन।" उस्ले बयान दियो।

सुकिर्तीका अधरमा ओर्लेका मुस्कान अरु चन्चल भए। "खै त भाग्गेमानी प्रकास?" स्वर्णीमले सोध्नु के थियो सुकिर्तीका मुस्कान अलप भए।

"तिमी प्रकासको कुरा गर्न आएको यहाँ?" उस्ले रुखो स्वरमा सोधी।

भर्याङ्गबाट कोही माथि आए जस्तो सुनियो। "उ आयो तिम्रो प्रकास --बधाई छ" सुकिर्तीले स्वर्णीमका आँखामा हेर्दै किला ठोके जसरी भनी र अलि पर गै।

प्रिती आएकी रहीछ फेरी।

"तिमीहरु अझै यहीँ?" प्रितीले अलि चिसो आवाजमा सोधी। उस्को हेराई सुकिर्ती तिर भन्दा पनि स्वर्णीम तिर बढी थ्यो। स्वर्णीमले भने प्रिती माथि आफ्ना हेराईलाई टिक्न दिएन।

"ल ल जाउँ तल --" स्वर्णिम आफै बाटो लाग्यो। प्रिती पछि लागी। अनि सुकिर्ती पनि।

तल आ-आफ्नै धुनमा सबै मस्त।

सुकिर्तीको मनमा बिस्तारै एउटा लहर उठ्यो। "प्रकास आईदिई हाले हुन्थ्यो" उस्को एक मनले भन्यो। आईपुगी हाल्ने हो कि भन्ने डरमा अर्को मन पर्यो।

उ अरुहरु सँग औपचारीकता पनि पुर्याउँदै थिई। जमघटमा आएकाहरु सँग भलाकुसारी गर्दै  गरेको स्वर्णीमलाई उस्ले एक छिन एक टक हेरी। "कत्ति रमाईलो छ स्वर्णीम--प्रकासलाई भने कसैसँग बोल्नु पर्यो भने ---" उस्लाई प्रकासलाई सम्झिन मन लागेन। उ खानेकुरा लिन थाली।

फेरी "खै प्रकास?" , "प्रकास अझै आ छैन?" जस्ता प्रश्नले सुकिर्तीलाई छोडेनन। उस्लाई ति प्रस्नहरुसँग बितृष्णा भै सकेको थ्यो।

खानेकुराको औपचारीकता पुरा गरे पछि उ फेरी कौसीमा गै। रात परीसकेको थ्यो। स्वर्णीम पनि आयो। सुकृतीको मन बेचैन हुन थाल्यो। उस्ले स्वर्णीमलाई एक्कासी सोधी "मलाई घर पुर्याईदिन सक्छौ?"

"कस्को घर? मेरो भए लैजान्छु अरुको त अरुलाई नै भन न" स्वर्णीमले जिस्केझै गरी भन्यो।

सुकिर्तीले स्वर्णीमको हात च्याप्प समातेर भनी "मलाई घर पुर्याईदेउ"।

स्वर्णीम छक्क पर्यो। सुकिर्तीको स्पर्शमा उ पुरै घाईते भयो। ....

 

Read Full Discussion Thread for this article