Posted by: Nepal ko chora March 5, 2008
कामना
Login in to Rate this Post:     0       ?        

यता हाम्रो घोच-पेच चल्दै थियो भने उता तिर जग्गेमा मन्त्र भट्याउने कार्यक्रम भने अन्त्यष्ठी तिर लम्किदै थियो। केही अघी सम्म यो जग्गे को काम कती खेर सकिएला अनी एक छिन भए पनि आँखा लाई आराम दिउला भन्ने मेरो सुर लाई कामना को मिठो-मिठो कुराले भड्काइ सकेको थियो , बरु उल्टो जग्गे को काम अरु - घण्टा चलोस भनेर प्रार्थना पो गर्न थाले। घरमा को को छन, कहाँ कहाँ छन यही गन्थन हुँदै थियो, हेर्दा हेर्दै फेरो को काम सकियो। नचाहदा नचाहदै छुटिनु पर्ने बेला भयो। झिस्मिसे भै सकेको थियो, भित्र दाई को साथीहरु तास खेल्दै रहेछन। उनीहरु रमाइ रमाइ कती को माल पर्यो, कस्ले कस्लाई कती तिर्नु पर्ने भयो भनेर हिसाब गर्थे, चाही कति बेला बिहान होला भनेर घडी हेर्दै बसी रहे। पर्खाइ को दुई घण्टा पनि बिस घण्टा जस्तो लागी रहेको थियो, त्यती बेला। एक पत्रकारले आइन्स्टाइन लाई सापेक्षताबाद को सरल परीभाषा दिनुस भन्दा आइन्स्टाइन ले "अब एउटा सुन्दर केटी लाई भेट्न जादा उस्लाई कुर्नु पर्यो भने तपाईंलाई मिनेट पनि घण्टा जस्तो लाग्छ, तर उनी आइ सके पछी गफ गर्न थाल्नु भयो भने घण्टा पनि फेरी मिनेट जस्तै लाग्छ" भनेका थिए रे। हुन आइन्स्टाइन को सापेक्षताबाद को त्यो सिद्दान्त अहिले सम्म पनि मैले राम्ररी बुझेको छैन, तर त्यो "सरल परीभाषा" चाही सही रहेछ। आखिर आइन्स्टाइन जस्तो बिद्वान ले झुटो किन बोल्थे ?  

बिहान चिया नास्ता खाएर बेहुली लिएर फर्कने कार्यक्रम थियो। नास्ता खान भनेर लाइनमा पालो कुरेर बसी रहेको थिए, "राती सुत्नु भयो ?" एक परिचित नारी आवाजले पछाडी बाट बोलायो। अब तिम्रै बारेमा सोचेर आँखा पनि झिमिक्क गरी रात बित्यो भन्न पनि मिलेन। "सुते नि दुई घण्टा , कुम्भकर्ण जस्तै गरी" हातमा नास्ताको प्लेट समात्दै उनी तिर हेर्दै हेरी जवाफ दिए। शायद उनको नजर ले मेरो आँखा को कुरा पढेर मेरो झुट पक्डिने डर थियो मलाई।

" सुन त। मलाई तिम्रो ईमेल एड्रेस देउ " अब चाही मलाई पछाडी फर्कन कर नै लाग्यो। तपाईं बाट सुरु भएको वार्तालाप अब तिमीमा पुगी सकेको थियो। " पख्नुस् है " भनेर उनी घर भित्र लागिन। हातमा नास्ता को प्लेट लिएर कुरी रहेको थिए, " लिनुस" मेरो हातमा कागजको एउटा टुक्रो थमाइ दिइन। बिदाइ को बेला भएछ क्यारे, ब्यान्ड बाजा घन्किन लाग्यो। " है जान्छु अब, भित्र काम " उनी बिदा मागिन। "OK" केवल यही एक शब्द निस्कन सक्यो मेरो मुख बाट त्यती बेला। हतार-हतार गर्दै नास्ता सकाए, निस्कने बेला भै सकेको रहेछ। अनि गरुङो मन पार्दै मोटरसाइकल स्टार्ट गरे। चाबेल बाट घर सम्म को २० मिनेटको त्यो बाटो अरु दिन भन्दा लामो लागी रहेको थियो। दाई को बिहा कै त्यो दिन भनेर अफिस बाट छुट्टी लिएको थिए। घर पुगेर ओछ्यान मा पल्टेको मात्र के थिए, आँखा लागी हाल्यो। रात भरी जागाराम बसेकोले होला मज्जा ले निदाएछु।

" हेर, यो अझै सुती रहेको रैछ। उठ अब, सांझमा सुत्नु हुँदैन, फेरी खाना खाने बेला पनि हुन लाग्यो।" आमा को आवाज ले मेरो निन्द्रा खुल्यो। 

क्रमश:  

Last edited: 05-Mar-08 10:39 AM
Read Full Discussion Thread for this article