Posted by: JagataDhari March 5, 2008
मैले नगरेको पाप
Login in to Rate this Post:     0       ?        

Please read this post before reading this story. Its a different perspective to the same incidents there. And very very thanx to somewhereondearth dai for sharing such an excellent plot.


भाउजु मान्छे त सेक्सी हगी सुजन !

रमको रमझममा रमेका सुजन र म गफ गर्ने बिषय खोज्दै थियौ । सलाद राख्न आउनुभएकी भाउजुलाइ जिस्क्याउँदै मैले गफीन एउटा रमाइलो बिषय फुलाएको थिऐं ।

बनाएको कसले त्यो भन न ! हेर यो कुरा हुने भन्दा ज्यादा बनाउने हो । राम्रो कालीगडको हातमा परेपछी यस्तै हो !

सुजनलाई बिषय मात्र चाहिन्छ, सुरु भएपछी रोक्नै गार्हो ।

उस्, होला होला ! बानीसंग राम्ररी परिचीत भाउजु ओठ लेप्र्याउँदै भान्सा तिरै लाग्नु भयो । सुजन चै अझै जोसीदै भन्दै थियो, ल आइज, म तँलाइ यसको कला सिकाउँछु । तेरो तेरी श्रिमतीमाथी पहिलो छाप कस्तो पर्छ, त्यसमा भर पर्छ पछी तेरी श्रिमती कस्ती हुन्छे भन्ने कुरा ……………………………………….

ल खाना पनि खाने की झोलले नै अघाएको हो ? सुजनको एकोहोरो दर्शनबाट मलाई कसरी उम्कीउँ भैसकेको थीयो, निहुँ पाउने बित्तीकै जुरुक्क उठेर भान्सातीर लागीहालें । टाइलमा पानी पोखिएको रहेछ, लर्बरीएका खुट्टा चिप्लेर उत्तानो चित ।

ल हेर ! कति धेरै पिएको त ! भाउजुले हतार हतार आएर पाखुरामा समाएर कुर्सीमा बसाउनुभयो । सुजन पनि राता-राता आँखा पार्दै आएर बस्यो । खाना खाँदै फेरी सुरु भयो, अनि तैले उसकैग बेल्ने, उसका अगाडी गर्ने कुराहरुले पनि धेरै फरक पार्छ, जस्तै ……………………………………….

-----------------------------------------------------------------------------

एक्लै बस्न साँच्चै गाह्रो काम हो । घरबाट साथी बिहे गर त भनेका भन्यै छन्, अनि बिहे नगरेर एक्लोपनको फाइदा उठाउने खालको मान्छे पनि होइन म ! तरपनि एक्लोपनकै निवारणका लागीनै बिहे गर्नु ठिक जस्तो लागेन । हुनसक्छ त्यसपछि आइपर्ने ब्यबहारीक बोझसैग पनि म डराएको हुँ । फेरी म अलि असामाजिक पनि छु जस्तो लाग्छ, धेरै सैग नमिल्ने, धेरै साथी नभएको ! हुनपनि मेरो काठमाण्डौ भरीमा राम्रो आइजाइ भएको त्यहि सुजनकोमा त हो नि ! भाउजु पनि एकदम फरासीली, मिलनसार ! आज त छुट्टी को दिन, भात खान एतै आइज भनेर बोलाए पनि त हुने !

मोबाइलको घन्टी बज्यो, कति लामो आयु रैछ यो सुजने मोराको !

हेल्लो

हजुर

ए, भाउजु पो, म त सुजन होला भनेको !

किन र बाबु, मैले चै फोन गर्नै नहुने ?

ए मेरी भाउजु, किन नहुनु !

अनि के गर्दै बस्नुभएको ?

एक्लो मान्छे, के गर्नु र भाउजु, त्यत्तीकै बसिरा ! तपाइलेपो सुजनबाट कसरी छुटकारा पाउनुभयो ?

वहाँ त अस्ति सिंगापुर जानुभयो त, १५ दिनका लागी !

ल हेर, डाका, खबरै नगरी गएछ !

अँ, एक्कासी भयो अनि कतै पनि खबर नै गर्न पाइएन । तपाइ पनि एक्लै भए आउनु न, मलाइ त दिक्दार लागीसक्यो, यत्रो घर, एक्लो मान्छे !

के खोज्छस कानो, आँखो !

भैहाल्छ नी, ल म हिंडीहालें

म तयार भएर हिंडीहालें । मासु त पक्कै ल्याउनुभयो होला भाउजु ले, साह्रै मिठो पकाउनुहुन्छ फेरी, खसीको भुटुवा, ठ्याक्कै आमाले दाउराको आगोमा, किटको बाक्लो कराइमा पकाएको स्वाद ।

अझै सुनसान, यहाँ अफुलाइ भोक लागीसक्यो ! म पुगेर सिधै भान्सामै छिरें ।

एकैछिनमा पाकीहाल्छ नि बाबु, बैठकमा बस्दै गर्नु न !

आ, कति टिभी हेर्नु, बरु तपाइकै गफ सुनौ न, सुजनले सिकाको छैन ? मैले जिस्क्याउदै भने !

तपाइ पनि खाली उचाल्नुहुन्छ, अनु वहाँ पनि उचालिइहालनु हुन्छ ।

राइसकुकर अन गरेर भाउजु लसुन-प्याज तिर लाग्नुभयो ! घर ठुलै भएपनि भान्सा चै सानै हो यो सुजनको, यता-उता गर्दा पनि ठोकिने ! २ डल्ला प्याज देखेर सोधें, मासु ल्याको हो भाउजु ?

अँ, आज खान मन लाग्यो !

ल आज मस्त खाने भैयो !

म त्यहाँ बस्दा भाउजुलाइ ओहोर-दोहोर गर्न गार्हो भएकाले म स्लाब माथी नै बसेर मासु काटन थालें । पहिला गरेको भए पो, मासु त कता-कता उछिट्टीयो-उछिट्टीयो । निधारमा पनि लागेछ, भाउजुले टिपिदीनुभयो ।

मासुको स्वादमा पहिलको भन्दा कुनै कमीं थीएन, उहि मेरी आमाको किटको कराइ र दाउराको स्वाद । चर्कीएका कोखा मुसार्दै सोफामा पल्टेर टिभी हेर्न थालें, भाउजु भान्सामै थान्को-मुन्को मा लाग्नुभयो !

अनि बाबु, बिहे नगर्ने ? भान्साबाट निस्कँदै भाउजुले त्यहि प्रश्न सोध्नुभो जुन प्रश्नप्रती उमेर पुगेका हरेक केटालाई घृणा हुन्छ ।

गर्ने नि भाउजु, खोज्नु न, सोल्टीनीहरु भए चिनाउनु !

म खोजीहाल्छु नि, ल भन्नु न कस्ती मन पर्छ ?

अब कस्ती भन्ने मैले, राम्री तर कस्ती राम्री ?

तपाइकै फोटोकपी भए हुन्छ ! म संग यो भन्दा राम्रो उत्तर थिएन !

यस्तै-उस्तै गफमा धेरै समय बिते । चिया खाएर भाउजुले फोटो देखुन थाल्नुभयो । यि मेरा काका, यो मीतीनी आमाकी छोरी ………………………………

कस्तो चिसो हात भाउजुको त ! फोटो देखाउँदै गर्दा मैले भनें । मेरी बहिनी को पनि यसतै छ, चिसो न चिसो ! सेकाइदिनु न दादा भन्दै हात तेर्स्याउँदै आएर बाक्क लगाउँथी, अनि मैले समातेर गसको हात सेकाइदिनु पर्ने !

फोटो हेर्दै जाँदा एउटा पुरानो एल्बम देखें । सुजनका केटाकेटीका फोटाहरु । त्यसमा त म नहुने कुरै भएन । बिगतका यादहरु झल्झली आँखा अगाडी नाच्न थाले । बोटमा चढेर लिच्ची खाएको, नहरमा पौडी खेलेको, ढोक्से थापेर माछा मारेको ! आहा कति रमाइला ति दिन !

ल हेर, फोलो हेर्दाहेर्दै त धेरै समय पो बितीसकेछ । भाउजु पनि उता अर्कै एल्बम हेर्दै हुनुहुन्थ्यो । शायद हाम्रा गफपनि सकिइसकेका थिए । म आङ तान्दै उठें । घर जाने बिचार गर्दै पछी पनि मासु-भात खान आउने आस गर्दै भनें,

ल त भाउजु, म लागें । कम्पनि चाहिन्छ भने भन्दै गर्नुस है !

भाउजु त रातो मुख लगाएर, जुरुक्क उठेर कराउन पो थाल्नुभयो,

तपाई खुरुक्क यहाँबाट गइहाल्नुस !

एकछिन त म अलमल्लमा परें, सोच्नै सकिन किन भाउजुले येसो भन्नुभयो । पछी लाग्यो, अहो, कतै मेरो भनाइको अर्थको अनर्थ त लागेन ! गाँठो परेको गला सोझ्याउँदै भनें,

भाउजु, मेरो भनाइको अर्थ त्यस्तो थिएन !

तपाई खुरुक्क यहाँबाट गइहाल्नुस !

वहाँ केही सुन्ने पक्षमा हुनुहुन्न थियो । मलाइ त्यहाँबाट निस्कनु नै निको लाग्यो । थकित खुट्टा, लज्जीत मन र आश्चार्यचकीत आफुलाइ मैले धेरै चिमोटें, सपना हो कि भनेर ! सोचें, मैले कुन क्षण के त्यस्तो गल्ति गरें, जसले भाउजुलाई मेरै अगाडी असुरक्षीत बनायो ? के यो वहाँको एक्लोपनको नैराश्यता र असुरक्षाको भावनेले गर्दा मात्रै हो कि मेरो पनि केहि गल्ति छ ?

आफ्नै आँखामा लज्जीत म वाटोभरी तर्क-बितर्क गर्दै फर्कें, एउटी आमासमान भाउजु त गुमाएँ-गुमाएँ, मैले नगरेको पाप सुनेर बाल्यकाल देखिको मेरो साथी सुमनले मेरो बारेमा के सोच्ला !!!
Read Full Discussion Thread for this article