Posted by: PallaGhareAntare March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ए हर्के काका क्या कुरा सम्झायौ यार। बाहिर गुंदपाक हररर बास्ना आउनि, भित्र छिरेसि कुखुराको सुली ठ्वास्स गनाउनि, क्या इस्कूल थ्यो यार सिबि छेत्रीको। म नि गा हो नि त्याँ दुइ चोटि। एक चोटि ४८ सालतिर, अर्को चोटि ५४ सालतिर। जति सिकेनि बजाउन कैले आ'न।

बरु बुढोले एउटा यो हुटेल कालीफुर्ने, अनदर ब्रिक इन् द वाल, टेम्पल अफ द किंग हरु भ'को चक्का दिन्थ्यो नि सिक्न, म दोस्रो चोटि जाँदा बुढाले आफ्नो ओरिजनल चक्का चाइं हरा'च अनि म संग मागेर लाग्या थे डब गरेर फिर्ता दिम्ला भनेर तेस्पछि फिर्ता नै देनन जस्तो छ। पछि खोज्दा मरे भेटिएन।

पछिल्लो चोटि हुटेल कालीफुर्ने सम्म बजाउनि भैया थ्यो पछी जागिर पाएर काठमान्डु छोडियो तेस पछि गितार नि छोडियो। अस्ति चौतारी भेलाँ छुन सम्म नि छोइएन गितार। बरु पुन्टे बुढाले बजाए उल्टै तिराट भए नि।

एक चोटि तिमी, म, रिठ्ठे र पुन्टे बुढा भ'र ज्याम अप गर्न पर्ला जस्तो छ।

 

 

Read Full Discussion Thread for this article