Posted by: Rani Pokhari March 4, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

बिहान  ६ बजे बाट मेरो पहिलो क्लास सुरु हुन्थियो। ६-७, ७-८, ८-९…।। हुँदै क्लास ले निरन्तरता लिन्थियो। २००२ मा नयाँ session सुरु भो।  ७-८ को क्लास स्पेसल् थियो। एकजना स्टुडेन्ट थि। नाम प्रिया। राम्री नै थि। राम्री भन्ना ले स्वर्ग को अप्सरा झै त हैन तर राम्रै थि। थाहा थिएन सुरु मा पढाई मा चाहि उनी कस्ती भनेर। हुन त तिनी हाम्रो ईन्स्टिच्युट मा पढ्न आको दोस्रो बर्ष रहेछ। पहिलो Statistics  पढन आकी रे अनी अर्को साल चाहि Accounts. मेरो मन मा त्यस्तो कुबिचार् त थिएन उनी माथि। कुबिचार् भन्ना ले सिनेमा को गुल्सोन गोबर  को बिचार  जस्तो चाहि हैन नि। कुबिचार् भन्ना ले केटी  पटयौने… अब तपाईं हरु सोचिरा होला कस्तो मास्टर भनेर… मैले अगाडि नै भनिहाले नि आफु त बुढा मास्टर सास्टर हैन भनेर… MBS पढिरा बेला BBS लाई पढाउदै हिंडेको मास्टर …

एकदिन दिउसो असन घुम्दै थिए… फ्याट भेटे उनिलाई। नमस्कार सर भनी … “ ओहो” …. म त झसँग नै भए…। नमस्कार।। मलाई कसैले नि नमस्कार सर चाहि भन्दैन थिए… कहिले पो त्यस्तो नमस्कार गर्न लायक भएर हिडिन्थियो र। नमस्कार त फर्काये अनि सोधे कता हिंडेको एत्ती दिउसो  घाम ma … उनी ले भनी साथी आउछु भन्दै थि उस्लाई कुर्न ईन्स्टिच्युट मा जान लागेको। उनित गै साथी भेट्न .. आफ्नो मन मा कता कता के के कुरा खेल्दै थियो… सोचिरा थिए… मलाई त प्रिया ले बुढा मास्टर हरु लाई झै नमस्कार पो गरी भनेर। म फेरी अली मेन्टल टाईप को मान्छे … सानो कुरा लाई पनि धेरै सोचिरहने।। तेसैले मेरो टाउको पनि धेरै नै दुखिरहन्छ… अहिले पनि दुख्छ…। के गर्ने बानी नै त्यस्तो छ, छोड्न सकिन्न। दिउसो को घुम घाम पछी क्लास लिन ईन्स्टिच्युट मा आए। क्लास लिए। राती ८ बजे सबै क्लास सकिन्थियो… अनि सुरु हुन्थियो भाको नभाको कुरा। आफ्नो दिन्भर दिमाग मा खेलिरा को कुरा मैले गर्नु स्वाभाबिक नै थियो। भनिदिये मेरो साथी haru को माझ प्रिया को कुरा… दिउसो एकछिन भेटे देखी दिमाग  मा के के कुरा खेलिरा को … अब मुला साथी हरु निहु मात्र चाहिएको त थियो जिस्काउन। जिस्काइ हाले मलाई प्रेम भो रे प्रिया सँग, ल ल छ छ रे … के के हो के के। अब आफु पर्‍यो मेन्टल टाईप को घर आए रात भर के के  कुरा खेली रा को हो के के। थाहा थियो भोली त्यो ७ बजे को क्लास लाई म राम्ररी पढाउन सक्दिन भनेर।

भोली पल्ट ६ बजेको क्लास त सकियो… तात्तो न छारो सँग मेरो मुटु मात्र धुक धुक गरी रा थियो। आखिर भाको चाहि केही हैन… कत्तिन लभ सव नै परिसकेको जस्तो… डर लागिर थियो। ७ पनि बज्यो क्लास सुरु गरे… क्लास लिदा साचि नै त्यस्तो फीलिङ चाहि आएन। मेरो student नै झै लग्यो… मन मनै सोचिरा थिए यो सब एही साथी हरु को हिजो बेलुका को भाको नभाको कुरा ले गर्दा हो मेरो मन मा भुकम्प गै रहेको। तर खै के हो के। मान्छे को मन नै त हो… दिमाग मा प्रिया धेरै नै आउन थालयो, दिन भर रात भर्… प्रिया लाई त केही पत्तो पनि थिएन कि मेरो दिमाग मा एस्तो कुरा चलिरहन्छ भनेर। दिन हरु बित्दै गए… दिमाग त पुरै आउट नै भै सकेको थियो नि। जहाँ पनि प्रिया। अब यो प्रिया भन्ने नाम को letters हरु rearrange गरेर कता कता बाट आफ्नै नाम समेत् फेला पारे। ओहो…झसँग हुँदै सोचे पनि यो नाम त मेरै नाम भित्र रहेछ। मेरो लभ परेको रहेछ, one sided मन मनै लागि रा थियो। एस्तो बेला साचि नै दिमाग लाई धेरै हुदो गाह्रो हुँदो रहेछ फेरी तेस्माथि म जस्तो मेन्टल मान्छे लाई। लाग्थियो अब दिमाग मा कुरा सोच्न को लागि ठाउँ नै छैन। दिमाग को सब कुना मा प्रिया नै प्रिया। मुकुल lai एक्दिन भनी हाले ।।लौ यार दिमाग येस्तो हलचल  भै रा छ भनेर… मुकुल फेरी एस्ता कुरा लाई निकै उडौथियो… उधायो  पनि तर आज को उडाइ मा ओजन नपुगेको झै थियो। मलाई विश्वाश थियो मुकुल नै हो त्यस्तो मान्छे जस्ले मेरो मन को कुरा प्रिया समक्छ्य राखिदिन सक्छ।

एक्दिन दिउसो, मुकुल को रेगुलर job सुरु भो केटी हरुलाई फोन गर्ने।। एसै बिच प्रिया लाई पनि फोन गर्‍यो। अनी एकछिन साधारण गफ गरेर मलाई ल कुरा गर पो भनेर दियो… अब अकस्मात् मुकुल ले त्यसरी फोन देला जस्तो त लागेको थिएन… आफु फेरी तेस्तै केटी सँग कुरा गर्नैइ डर लाग्ने… मुकुल ईशारा गर्दै थियो कुरा गर कुरा गर भन्दै थियो। कुरा त गरे… अहिले सम्झदा हास्सो उठछ… कतिको हिसाब haru practice हुँदै छ? Exam पनि आउन लाग्यो, Formula हरु सम्झेको छ कि छैन… आदि इत्यदि…। हाहा

मुकुल हाँस्दै थियो… एक्छिन मा नै मैले फोन राखिदिये मुकुल को haso मा अली फरकपन देखेको पहिलो पटक थियो मैले। सानो स्वर मा भन्दै थियो। अहिले पनि केटी सँग कुरा गर्दा पढाई को नै कुरा गर्छ… के कुरा गर्ने त भनेर सोध्न त मन लागेको थियो, तेत्तिकै मा मुकुल बाहिर हिडिहाल्यो। अब चाहि मुकुल लाई finally कुरा गर् भनेर भन्नु मन लगिरा थियो। एकदिन मौका पारेर बिहान नै भनी हाले मुकुल प्लिज  क्यान यू हेल्प मी टु टेल प्रिया व्हाट आइ फील अबोउट् हर? मुकुल ले ठुलो ठुलो आँखा पारेर आस्चर्य हुँदै भन्यो SERIOUSLY??? मैले भने एस्… मुकुल ले सजिलो संगै भनेको थियो ओके ल ल म भनी दिन्छु। तेस्दिन भर म मुकुल को रेस्पोन्स कुरी बसेको थिए। उस्को दिउसो गफ गर्ने प्रोग्राम निरन्तर जारी नै थियो। थाहा छैन तेस्दिन उस्ले कुरा गर्‍यो वा गरेन। तर विश्वाश थियो उस्ले पक्कै कुरा गर्छ भनेर।। आज नभये भोली। मुकुल बाट केही रेस्पोन्स आएन। भोली पल्ट सोधिहाले।।के भो… मुकुल भन्दै थियो अरेय् यार… एस्तो कुरा मा हत्तार गर्नु हुन्न। त्यो दिन साँझ घर मा खान खाँदै थिए… मुकुल को फोन आयो।। हेय् मुला मैले सब भनिदिए…। मेरो मुटु को धड्कन ज्वोर ज्वोर ले चलिरा थियो… लागिरा थियो हत्तेरिका मुकुल लाई किन भन्ना लाको होला मैले। तर मुख  बाट एौट शब्द निस्कियो।। थ्यांक यू यार।। थ्यांक यू।  मैले सोचेको थिएन एस्को result के हुन्छ भनेर… खान खाने क्रम जारी नै थियो… मुटु धुक् धुक् गर्दै कोहि सँग नबोली खान खाँदै थिए… मम्मी ले सोध्नु भो कस्को फोन… मैले भने मुकुल को। एक छिन् मा फेरी फोन आयो।। फेरी मुकुल को नै थियो। सोध्यो प्रिया को फोन आयो। मैले भने छैन… किन उस्ले फोन गर्छ र।। मुकुल ले भन्दै थियो एस, गर्छे, she told me, she is calling you. मेरो मुटु को धुक् धुकी एती जोर जोर ले चली रा थियो कि शायद T shirt को अगाडि को part मा प्रस्ट देखिरा थियो। Obviously फोन आउने नि थियो आयो नै। प्रिया ले भनी, मलाई मुकुल ले के के भनेर जोक गर्दै थियो… मुकुल ले जोक गरेको हो हगी? मेरो दिमाग ले सोच्न सकिरा को नै थिएन , भनिदिये हैन… प्रिया भन्दै थि… हैन… व्हाट??? मैले त कहिले नि सोचेको नै थिएन एस्तो कुरा…। अब म भोलि देखी क्लास मा आउन सक्दिन… म तपाईं सँग पढ्दिन। आफु फेरी घर मा कसैले सुन्ला भनेर एत्तिकै डराइ डराइ कुरा गर्दै थिए। एकतिर खाना खादा खाँदै बिचै मा फोन, मुटु को धुक् धुक् अनि घर मा थाहा पौला भन्ने tension.  मैले भने म तिमीलाई भोलि कल गर्छु।

Read Full Discussion Thread for this article