Posted by: world_map March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हाम्रो झिल्के बुरोले साझा छाड्ने निर्णय गरेकोमा दु:खी हुँदै चौतारीमा उनको सम्झनाहरू केही कोर्न चाहन्छु। धेरै कुराहरू
त अर्को धागोमा नि लेखिसकें, त्यसैले छोटो समयमा केही मीठो कुरा लेख्छु, उनको नामको बारेमा। शुरूमा चौतारीको
तेस्रो भागमा आउँदा चौतारीका संस्थापक ईलिन्जियर नमेले 'आइते' भनेर नामाकरण गरेका थिए। त्यसको लगत्तै पछि
सिरेले पनि न्वारन गर्दियो 'जंगे' भनेर, सायद सिरेलाइ 'आइते' नामको बारेमा त्यति थाहा थिएन होला। चौतारीवासीहरू
मध्ये धेरैले 'आइते' नाम मनपराए, अहिलेसम्म पनि कसैले उनलाइ आइते भनेर बोलाएको सुनेको छु।

अनि आफ्नो पूरा नाम लेख्ने गाम्लेहरूमा पहिलो पनि उनै आइते नै होला, उनले आफ्नो पूरा नाम 'आइते सिंह तामाङ'
भनी लेखेका थिए दुइ वर्ष पहिले नै। त्यसैबाट प्रभावित भएर मैले पनि 'चित्रबहादुर मुखिया' नाम दिएँ आफैंलाइ, अनि
ग्वाँचेले 'ग्वाँचूराम कुइँकेल' दिए। आइते कन्नीडाँडाको ६ महिने बसाइमा रहँदा के मूड चल्यो खै, आफूले आफैंलाइ
रि-न्वारन गरेर चौतारीमा घोषणा गरे,'अबदेखि मलाइ झिल्के भन्नू!' भनेर। सबैजना अचम्मित परेका थिए, आइते झिल्के 
भएको देखेर एकाएक!

लु, यो सानो टुक्रा चौतारी इतिहास झिल्केको नाममा! अरू पछि लेख्दै गरम्ला!

ठूली, सुन्तले, बिस्टे, रिट्ठे,  सबैलाई दीवा जदौ!

Read Full Discussion Thread for this article