Posted by: lopchanlama March 4, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

shirish जी, केही ब्यस्ताले गर्दा गृहकार्य सच्याउन ढिलाई भएकोमा क्षमा चाहन्छु। मैले तपाईंको पाठ अनुसार केही सुधार गरेको छु जस्तो मलाई लाग्छ, केही कमि-कमजोरी भए सुजावको अपेंक्षा  गर्दछु।

 

चिरायु शान्ती रहिरने, एउटा युद्ध चाहिएको

चिरायु शान्ती फौलाउने, एउटा बुद्ध चाहिएको

 

देश टुक्रियो आज हेर, दाज्यु-भाईको झगडाले

बैरी भावको सिनो खाने, एउटा गिद्ध चाहिएको

 

मन-मुटाव  भई  हाल्छ, एउटै घरमा बसे पछी

भाई-चारा भाव जगाउने, एउटा पित्त चाहिएको

 

मेची-काली हात मिलाउ, शान्ता नेपाल बनाउन

अमन- चयन बसाउने, एउटा बुद्ध चाहिएको

 

चाल खेल्दैछन गिद्धले,सचेत बनौ है नेपाली

गिद्ध नजर तर्साउने, एउटा युद्ध चाहिएको

Read Full Discussion Thread for this article