“आफ्नै बुढो लुज बसेपछि, के हुन्छ र?”
खास्सै ध्यान दिइको थिइन। यति
सुन्ने बित्तिकै मेरो ध्यान अगाडिको सिटमा बसेका उमेरदारी जोडिमा खिचिंयो ।
उ त्यसको लोग्ने हुदै होईन । मैले guess गरि हाले । दुबैको चालढाल र बोलिले लोग्ने स्वास्नि देखिएनन् ।
“जो आयो, उहि संग बसेर खान शुरु गरि हाल्यो । साहु नै जडिया भएपछि, के जोगिन्छ!! आऽऽ म त दिक्क भएसके ।“ मसिनो बोलिमा भए पनि म सुन्दै थिए। कसैले थाहा नपाउने गरि ।
ठिक मेरै अगाडिको सिटमा भएकाले उनको अनुहार मैले राम्रो संग देख्न सकिन । लोग्ने मान्छे चाहिं ति महिला तिर फर्केर कुरा गर्दथ्यो । त्यसैले उसलाई नियाल्न सके । अनुहार मा तिलकोठि । दाह्रि काटेको चिल्लो गाला, छोटो कपाल । काला ओठ । त्यसै नराम्रो लाग्यो । मैले त्यहि देखें ।
बसमा, मेरो निन्द्रा पूरै भागि सकेको थियो । बसका अरु मान्छे आ-आफ्नो ताल मा थिए । मेरो भने पूरै ध्यान ति दुईमा थियो । उनिहरुको बोलि चालि मा थियो ।
उमेर, त्यस्तै २८-३० कि लागिन् । फाल्गुणको महिना । पातलो लुगा, नस्याहारेको कपाल अनि त्यहिं माथि sleevless बाहुला । जाडो त्यति धेरै गईसकेको पनि थिएन । ‘के सुर कि आईमाई रहेछ!!’ मेरो मनले राम्रो मानेन । त्यो लोग्ने मान्छे त्यस्तै ३४ को जस्तो लाग्यो । दह्रा हात अनि गढेका आँखा । जुँगा काटेको अनि रुखो अनुहार ।
“हिजो पनि बन्द खुलेको थिएन । साईकलमै राजगढ पुगेकि थिए । एकदम जीउ दुखेको थियो । सांझैमा एउटा बियर ल्याएर कोठामा राखेकि थिए । बेलुका बाबु सुते पछि आधि खाएं । अनि छिट्टै निदाए । राति कति बेला हो ब्युझेछु । घडि हेर्दा १ बजेको रहेछ । बेलुका को बियर आधि बाकिं थियो नै थियो । त्यहि खाइदिए । अनि, बिहान ढिलो उठिएछ । घर धन्दा गर्दा गर्दै ढिला भयो । हतार हतार आएकि, तपाईलाई भेट्दिन जस्तो लागेको थियो । भेटि हाले ।“ उ सुनाउदै थिइन् । उ सुन्दै थियो ।
आफूलाई जतिसुकै updated civilized fellow सम्झे पनि, मलाई छोरी मान्छेले बियर सम्म खाएको कुरा कहिले निको लागेन । यो बिषय मलाई बच्चामा जस्तो लाग्दथ्यो, अहिले पनि झण्डै त्यस्तै लाग्छ । शायद मेरो कमजोरि ।
उनिहरु चाहिने भन्दा बढि नजिकिएर गफ गरिरहेका थिए । म भने उनिहरु कता बाट आएका होलान भन्ने भन्दा पनि अब के गर्छन्, कता जान्छन् भन्ने जस्ता कुरा मा रुमलिएको थिए ।
बसको कन्डक्टर आयो । ति महिला ले पर्स खोलिन् । त्यो मान्छे ले पर्दैन भनेर उनको हात रोक्यो । अनि आफ्नो wallet निकालेर पैसा दियो । भाडा मा परम्परागत नेपाली किचकिच ।
“अहिले सम्म यो भन्दा बढि तिरेको छैन्”
“अब तिर्नु पर्यो नि, अरुले लिएनन् भनेर म छोड्दिन्”
“……………..”
“……….”
“ल ल, १० रुपिया भन्दा बढि दिन्न् । “
ठुस्किदै पैसा लिएर कन्डकटर गयो ।
“कस्तो नापिएको मोरो “ उनले भनिन् । उ हास्यो ।
त्यो मान्छे ले एकदम सानो स्वरमा बोल्दथ्यो । म प्रष्ट संग केहि सुन्दिन थिए । ति महिला भने मरि मरि हास्थिन् । अनि उसलाई पाखुरामा कुट्थिन् । उ दंग पर्थ्यो ।
ति महिला लाई जाडो भएको प्रष्ट थाहा हुन्थ्यो । शल ओढेर बस्थिन् । तर शल खसिरहन्थ्यो । उनि शल मिलाउन थाल्दथिन् । उ भने अन्तै हेर्दथ्यो ।
‘आऽऽ अर्काको गफ कति सुन्नु, जे सुकै गरुन । मलाई लुतो न कनाई’ म मेरो ध्यान उनिहरु बाट हटाउन खोजि रहन्थे । तर सक्दै सकिन ।
‘बाबुले हिड् भन्दा जान्न भनेको थियो । त्यसैले उसको लुगा धोएकि थिईन् । हिड्ने बेलामा म पनि जान्छु भन्यो । अब स्कूलको जाँच पनि आउँदै छ । फेरि बन्दमा यतै फस्ला, अनि जाँच छुट्ला भनेर नलिई हिडे । “ उनि सुनाउँदै थिईन् । उ सुन्दै गयो । गफहरु हुदै गए । म भने नसुने झैं , नहेरे झै जस्तो गरेर उनिहरुलाई सुनि रहे, हेरि रहे ।
ति महिला ले उसको कानै खाउला जस्तो गरेर साउति गरिन् । उ मुस्कायो । उसले पनि तिनको कानैमा के भन्यो । उनि मरि मरि हासिन् । अनि यसपटक उसको पाखुरा मा ३-४ पटक पिटिन् ।
म न त्यो अवलोकन बाट भाग्न सकें न मेरो मनले गरेका illegal अनुमान लाई पाखा लगाउन ।
बाटो यति छिटो काटियो। पत्तै भएन् । ईटहरि बसपार्क पुग्न लागेको थियो । बस धरानको, मेरो यात्रा यहि टुन्गिनु थियो । अलिक वर नै २ जना बुढाहरु बसमा चढे । भिडमा बिस्तारै बिस्तारै हाम्रो सिट नजिकै आई पुगे ।
मेरो आश्चर्य । दुवैले ति बृद्धहरुलाई नमस्कार गरे । त्यो मान्छे ले सिट छोडिदियो । एक जना चाहिं बसें ।
‘नानी, दाई सित माईत हिडेकि??”
“अँऽऽ, दाई काम बाट फर्कदै हुनुहुदो रहेछ । आमाले शिवरात्रिमा जसरि
पनि आईज भन्नु भयो । त्यसैले दाई सँग हिडेकि!!!!!!”
ईटहरि बसपार्कमा बसबाट सबैभन्दा पहिला म झरें!!! आफ्ना illegal अनुमान बाट आफैसंग लज्जित, टाउको निहुराएर!!
meaninglessthinkings@somewhereondearth