Posted by: Nepe March 3, 2008
India will take away all water related projects in Nepal
Login in to Rate this Post:     0       ?        

Along the line...

http://www.kantipuronline.com/Nepal/followup.php

 

इजिप्टबाट प्रकाशित हुने मिडल इस्ट टाइम्सको माघ २३ गतेको अङ्कमा भारतीय बाह्य गुप्तचर संस्था ''का प्रमुख अशोक चतुर्वेदीबारे यस्ता धेरै रमाइला प्रसङ्गहरू पढ्न पाइन्छ  । पत्रिकाका वासिङ्टन डिसीस्थित सम्पादक क्लाउडी सल्हानीले लेखेको समाचारमा गत पुस ३ गतेको चतुर्वेदीको नेपाल आगमन पनि निकै विवादित बनेको उल्लेख छ ।

 

त्यतिबेला सात राजनीतिक दललाई थप २३ बुँदे सहमतिमा पुर्‍याउन भूमिका खेलेका चतुर्वेदीको नेपाल भ्रमणमा उनको व्यक्तिगत स्वार्थ पनि जोडिएको समाचारको दाबी छ । "नेपालको जलविद्युतमा कुनै एक भारतीय ऊर्जा कम्पनीको लगानी सुनिश्चित गर्न उनी लागिपरेका थिए," चतुर्वेदी भ्रमणको व्यक्तिगत स्वार्थ उजागर गर्दै मिडल इस्ट टाइम्स लेख्छ, "त्यसो गरेर उनले राम्रै आर्थिक लाभ लिएको चर्चा भारतीय प्रधानमन्त्री कार्यालयमा व्यापक छ ।" नेपाल तथा बङ्गलादेशसम्बन्धी मामिलाका विशेषज्ञ मानिने चतुर्वेदीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंगको भेटका क्रममा उनको अप्रत्यक्ष संलग्नता रहेको भनिएको एक ऊर्जा कम्पनीलाई नेपालको कुनै एक जलविद्युत् परियोजना दिलाउन व्यापक दबाव दिएको पनि समाचारमा उल्लेख छ ।

 

___________________

 

Read Full Discussion Thread for this article