Posted by: Amazing March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
चौतारीमा धेरै रमाइला रमाइला क्षण बिते, सबै गाम्लेहरुले धेरै धेरै माया दिय। सबै सँग मित्रता बढ्यो, हासियो खेलियो गफ्गाफ भयो। सबैलाई धेरै धेरै धन्यवाद। अन्त्यमा केही गरु कि भनेर चौतारी खने, सबैले मन पराउनु भयो, मेरो मन त्यसै प्रशन्न भयो।

जिन्दगी यस्तै रहेछ, आउनु जानु समयको खेल रहेछ। सबै गाम्लेहरुलाई यो झिल्केको तर्फ देखी हृदय देखी नै लाख लाख सम्झना। नमरे बचेँ कालले साचे कुनै दिन फेरी भेट होला। मेरा साना तिना कुराहरुले कसैलाई चित्त दु:खअएको भये यो बज्या झिल्के मोरो यस्तै हो भनी माफ दिनुहोला।

लौ त है गाम्ले हो।

जाँदा जादै  रोजको अनितम भाग पनि टासेको छु, मौका मिल्यो भने त्यता तिर पनि छिरिदिनु होला।

सबै चौतारीबासिहरुलाई यो झिल्केको प्यारो अनी आत्मिय सम्झना, सदा सदाको लागि
Read Full Discussion Thread for this article