नमस्ते गाम्लेहरू!!!
हा हा हा! झिल्केले बनाएछ चौतारी, त्यो नि 'लौ जा भत्काइदिन्छु बाख्राको खोरपनि' स्टाइलमा!
'लौ जा मैले पनि बनाये चतारी!' रे
भौतेलाइ त खरानी घसेर पशुपतिमा सुताइदिएछ!
आफूलाइ त नमे, जिम्माल बाले बिहे गरेको झन् राम्रो भएको छ, आफ्नो पालो चाँडो आम्छ नि, अब ती बुढाहरूले
नगरी आफूलाइ गर्न अप्ठ्यारो पर्ने, अब चैं बाटो किलियर भो!
अब एकदुइ जनालाइ पन्छाउनुछ, अनि त मेरै पालो ल! भौतेकाजी र झिल्केदाइ, छिटो गरम हो बिहे, नत्र पालो मिच्दिन्छु है!
बिवाह बन्धनमा बाँधिएकोमा चौतारीका संस्थापक ईलिन्जियर नमेलाइ बधाइ तथा शुभकामना!
आज मार्च ३ तारीखमा रातामकैलाइ जन्मदिनको शुभकामना!
अनि हाम्रो झिल्के बुरोलाइ चौतारी बनाकोमा धन्यवाद तथा चाँडो बिहे होस् भन्ने शुभकामना तथा अहिलेसम्म यताउति
हल्लिनु मात्र परेकोमा सहानुभूति!
अँ अनि रिट्ठेलाइ कुमार रे! हा हा हा!
अन्तरेदाइ, ठूली, गोतामेज्यू, पर्वते, चेली ज्यू, रिट्ठे, मिस दिदी लाइ सोमबारे जदौ!