Posted by: pra34 March 2, 2008
मेरो मनको बोझ
Login in to Rate this Post:     0       ?        

2 बजे तिर अफिसमा फोन आयो दिदीले गरेकी रहिछ । बेलुकी घर फर्कदा यहाँ छिर है अनी दुबैजना सँगइ घर जौला भनी ,हस भन्दै फोन राखिदिये । निक्कै खुशी लाग्यो , दिदी सँग भेट नभएको नि थुप्रै भएको थियो । अफिसबाट चाडै निस्किये र दिदीको घर तिर लागे ।   
घरभित्र छिर्ने बितिकै ,मेरी दिदी आएर मलाई हतार हातर गर्दै आफ्नो कोठामा लगी ,उ मलाई केही भन खोजी रहे जस्तो लाग्यो उस्को मुखमा एक किसिम को तनब प्रस्टै देखिन्थ्यो ।
"के भयो किन मलाई यहाँ लाएको ? " मैले  सोधे
 माथि बैठक कोठा बाट निक्कै हल्ला आउँदै थियो ।  उ अली हिचकिचएको जस्तो गरी ।
उ केही बोल्नु भन्दा अघाडी नै फेरी मैले सोधे ,"के हो आज anything special, family get together हो कि क्या हो?"  मेरो कुरा खत्तम नहुँदै उस्ले एक्छिन बस म भिनाजु लाई भेटेर आउछु भनेर गैइ । एक्छिन पछी दिदी भिनाजु दुबैजना आए । भिनाजुसँग  साधारण कुरा पछी भिनाजु ले प्रसँग फेरेर प्रश्न गर्नु भयो ,"अब कहिले बिहे गर्ने ? हामीलाई कस्तो भोज खान हतार भैसक्यो " भिनजु पहिला देखी नै मलाई खुब जिस्काउनु हुन्थ्यो ।
मैले त्यो प्रश्नलाई  खसै seriously लीईन ,खाउला नि भिनाजु पहिला बिहे गर्न केटा नि भेटिनु पर्‍यो नि ,मैले हासेर जबाफ दिये ।
दिदी चाँही हेर तँ ठूली भाईसकिस अब बिहे को बारेमा पनि सोच आमाले निक्कै पिर गर्दै हुनुन्थ्यो ,अब त पढाई पनि सकियो जागिर पनि खाइसकिस  उमेर पनि भाईसक्यो । तेरो कोइ छ भने भन क्यार नत्र अब हामीले देखाएको केटासँग बिहे गर । तँलाई आखिर कस्तो केटा चाहिन्छ ? अहिले केटा छान्दै बस पछी बुढी भएपछी कुन चै राजकुमार आउछ त सँग बिहे गर्न ,दिदी आफ्नै ताल्मा गाली गर्दै थि । मेरो लागि त्यो गाली पहिलो पटक थिएन मलाई तेसको कुराले केही असर पर्नेवला थिएन ..... त्यो कुरा उस्लाई नि थाहा थियो तै पनि मलाई केके भन्दै सम्झाउदै थि । मैले चुपचाप कुरा सुनिरहनु नै उचित ठानेर केही प्रतिकृया देखाइन ।
आजकल मलाई हरेक दिन घरमा बिहे गर भनेर किच्किच गर्न थालनु भएको थियो । आमासँग त अघिल्लो हफ्ता ठुलो झगडा परेको थियो । आमालाई मेरो भन्दा नि मेरो बहिनी को पिर थियो । बहिनीको affair को  कुरा  घरमा थाहा भये देखी आमा मेरो पछाडि लाग्न थालनु   भएको  थियो । सबैजनाको बिचार बुज्दा मेरो बिहे सकिनासाथै बहिनिको बिहे गरिदिने थियो  । ठिकै छ बहिनिको बिहे गर्दिनुस् न त भन्दा पनि दिदीको बाँकी रखेर बहिनीको कहाँ बिहे गर्ने समाजले के भन्छ भनु हुन्थ्यो । यो बिहेको टपिक निस्क्यो कि मेरो परो तात्न थालथ्यो । आखिर म बिहे नगरनको कारण पनि त भन सक्दिन थिए ..........

भिनाजु पनि सम्झौन थालनु भयो । दिदी र भिनाजु को कुरा सुन्दै गएपछी थाहा भयो उनिहरु ले मेरो लागि मैले थाहा नै नपौने गरी जाल बिछैसकेका रहेछन । माथि कोठामा मलाई हेर्न भनेर केटा र उस्को परिवार आएका रहेछन । खोइ भिनाजुको आफन्त रे , केटा चै ईन्जिनियर  अहिले कुनै private कम्पनीमा काम गर्दैछ । भिनाजु मलाई details दिदै हुनुन्थ्यो । मेरो रिसको सिमा नै रहेन  घर जान्छु मलाई बिहेसिये गर्नु छैन भनेर जुरुक्क उठे , दिदी केटा हेर मन परेन भने बिहे नगर मेरो पनि त इज्जत् को खयाल गर भन्न थालि । हुन्छ भनु  आफुलाई बिहे गर्नु नै छैन हुँदैन्न भनु दिदीको इज्जतको सबाल थियो । उस्का घर परिवार अघाडी उस्को मान राख्ननि हुन्छ भने ।

माथि कोठामा गये र सबैलाई नमस्ते गर्दै छेउमा रहेको कुर्सिमा बसे। सबैसँग चिना परिचय भयो ।  मलाई  भित्र  भित्रै उकुस्मुकुस भैराखेको थियो । केटाका दिदिहरु खास्खुस गर्दै थिए । समान किन्नु अघाडी समानलाई हरे झै उनिहरु मेरो आँखा , नाक , मुख हात खुट्टा सबै नियालेर हर्दै थिए । दुइजना लाई कुरा गर्न दिउ भनेर हामी लाई अर्को कोठा मा पठैदिये, म खाटमा बसे उ चाँही नजिक्कैको सोफामा बस्यो । मैले उस्लाई राम्ररी हरेको पनि थीइन , एक्चोटी हर्न मन लाग्यो बिहे नगरे पनि मान्छे त हेरौ नत भनेर एसो हरे । गोरे आग्लो निक्कै handsome रहेछ । हामी दुइजानै चुप चाप बसिरखौ । त्यो मौनतालाई भङ्ग गर्दै  ," are u nervous "? उस्ले प्रश्न गर्‍यो । मेरो बोली फुट्नु पन्द अघाडी नै , iam nervous too , भएर खिसिक हास्यो । दातँ निक्कै राम्रा रहेछन , उस्को त्यो हसाइमा मात्रै कती केटीहरु पागल हुँदा होलन मैले येसो सम्झे । १० मिनट पछी चियाको बाहाना गरेर मेरो दिदी  हाम्रो चियो गर्न अैइ र तुरुन्तै फर्की हाली । त्यो केटाको  हात कामी राखेको थियो , बिच बिच्मा थुक निल्थियो  ... मुख रातो रातो भएको थियो शायद पहिलो चोटि केटी हर्न आएको हुनु पर्छ मैले अनुमान गरे । मेरो अनुमान शाही थियो एक्छिन पछी  आँफै त्यो कुरा बतायो। केटा मान्छे एती nervous भएको पहिलो चोटि ढेखेको थिए । हुन त म पनि  nervous थिए । मलाई उसँग केही कुरा नै सोध्नु थिएन , उखानै छ नि नजाने गाउँको बाटै नसोद्नु भने । तै भएर म केही नबोली बसे ।   तर  उस्ले पनि  केही  सोधेन दुबैजना निहुरिएर बसीरखौ । उता कोठाबाट उस्को दिदी आएर कुरा गरौत भनेर सोधेपछी अं गरे भनेर उठेर गयो । मलाई झन आनन्द उस्को कुनै पनि प्रश्नको जबाफ दिनु परेन । हामी घर सल्लह गर्छौ भनेर उनी हरु बिदा बारी भये ।
म पनि दिदिसँग कुरै नगरि घर गये । घर पुग्दा आमा बुवाको आँखामा निक्कै प्रश्नहरु थिए म भने केही नभनी केही नभएको जस्तो गरी भित्र छिरे ।
आमा सानो स्वरमा बुवा लाई भन्दै हुनुन्थ्यो "एस्लाई  केटा मन परेन जस्तो छ ...... कस्तो केटा चहिने हो  ...... अब ठुलिको घर परिवारलाई पो के भने ... बिचरीले कती दुख्ख गरेर सबै मिलएकी थि येस्ले सबै बिगारने भै । कुल घरआन सबै राम्रै थियो , त्यस्तो केटा पाउनुत ठुलो भग्ये हो ....... सम्झैसो न तेस्लाई ।
आमाको कुरा सुने पछी आफले आँफैलाई प्रश्न गरे ...... के छ होला मेरो भाग्यमा ?
क्रमस ...........

Read Full Discussion Thread for this article