Posted by: sabaiko satru March 1, 2008
यसपटक फेरि घर को याद आयो
Login in to Rate this Post:     0       ?        

काठे पुल तर्दै धुलौटे माटो मा खेल्न मन लाग्यो

 घासे चौर मा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो

फुल्दै गएको मेरी आमा को कालो कपाल केलाउन मन लाग्यो

यसपटक फेरि घर को याद आयो

 बाक्लिदै गएको मेरो गाउ ,पातलीदै गएको परिवार भेट्न मन लाग्यो

एकै छिन घर गोठ को स्याहर सम्भार् गर्न मन लाग्यो

कमजोर बन्दै गएको मेरा बा को आखा को दीर्श्य बन्न मन लाग्यो

यसपटक फेरि घर को याद आयो

Read Full Discussion Thread for this article