Posted by: PallaGhareAntare March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

सुन्तले के छ हौ हालखबर तेतातिरा?

अझ खाने कुरा गर्दा म धनकुटा सम्झन्छु। थुप्रै बर्ष बिता छु धनकुटाँ बच्चा हुंदा। डोकाँ चडेर जान पर्थ्यो उतिखेर, बाटो बनिसक्या थेन। अनि शनिबारको बिहानको भात चैं जैले त्यैंको याद आउंच।

हप्तामा एक दिन लाग्ने बिहिबारे हाट नै सबै सामल किन्ने एक मात्र थलो हुन्थो त्यसैले त्यो एक दिनको पर्खाईको कुरै नगरम, पुरै धनकुटा अझ रमाइलो र भिडभाड लाग्थ्यो त्यो एक दिन। सडक बाटो नहुंदा  अरु पसल वा बजार थेनन त्यसैले नि त्यो हाटको महत्व अर्कै थ्यो।

अनि बिहानभरि ला'र किनमेल गरिन्थ्यो। अट्टे चामल, हरिया साग र तरकारी जस्मा बिशेष निउरो र रायो, तोरी हुन्थे, डिम्मा, कुखुरा, घ्यु, मस्याम र गहतको दाल, रामभेंडा, कागती, अदुवा लसुन जस्ता चिजहरु संधैका किनमेलका बस्तु हुन्थे। सुन्तला र जुनारको र उखुको नि अर्कै आकर्षण हुन्थ्यो। अनि २,३  घन्टा किनमेल गरेर बाटा भरि उखु चुस्दै चुस्दै घर आ'र कुखुरो बना'र, त्यो अट्टे चामलको भात, मस्यामको घ्युले झानेको दाल, रामभेंडाको अचार, रायोको साग वाह अझै नि त्यै झल्को आउन छोड्दैन शनिबार। तेता खसीको मासु चाइं हाटमा नि किन्न नपाइने, पारी गाउंतिर मैनाँ एक दिन काट्थे र भाग लाउंथे। त्यो भाग नपाइएला भनेर बिहान ५ बजे नै ग'र ढुक्नु पर्ने। खसीको मासु भा शनिबार वाह हैन बाह हुन्थ्यो। बाह बाह। सुन्तलेले झैं कथा बना'र लेख्न पाए क्या गजब हुन्थो होला।

लु अब चैं हर्के काका, चेली र रिठ्ठे नि आ'चन। लु खेलम गोलखाँडि हर्के काका। ल राडि ओच्छ्याम त पिंढिमा।
 

Read Full Discussion Thread for this article