Posted by: PallaGhareAntare February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

जमनाँ कुम्ले ले ठुल्दाई र मिस दिदीको अन्तर्वार्ता ल्या राख्न परो। नयाँ गाम्लेले पढ्लान।

बरु हाउँरो सोझो कुम्ले कता गो अचेल?



Posted on 07-10-07 8:24 AM     Reply | Notify Admin
 
आदरणिय स्रोता महानुभावहरु,

यहाँहरुलाई थाहा भएकै कुरा हो, "चौतारी तारारम्पम" चौतारीबासीहरुमा निकै लोकप्रिय भयो। झन यसमा अन्तरबार्ता दिनुहुने राहुल दाई र मिस कलिवुडका सेलेब्रिटी भन्दा नि धेरै पपुलर हुनुभयो। सबैतिर, गाउँ गाउँमा, सहर सहरमा वहाँहरुकै कुरा सुनिन थाल्यो।

स्रोताहरुले धेरै "वान्स मोर वान्स मोर" मात्रै लेखेर पत्रहरु पठाउनु भयो, त्यहि भएर आज देखि हफ्तामा एक दिन हफ्ता भरिका अन्तरबार्ता दिनुहुने व्यक्तित्वहरुलाई एकै मन्चमा बोलाएर अन्तरबार्ता दिदाका अनुभवहरु बताउन "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" कार्यक्रम सुरु गरेका छौँ।

यहाँहरुलाई थाहा छदैछ आजका अतिथीहरु को को हुनुहुन्छ भनेर।

लौ कार्यक्रम तिर लागौँ।

संवातदाता: सर्वप्रथम यहाँहरुलाई स्वागत छ "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" मा

राहुलदाई: अन्तरबार्ता दिदा दिदा पढाई ढुस भयो त्यहिपनि यो राहुलको दिल खुस भयो, तारेमाम्!

मिस: उस दिनपनि जिम्माल बा ले यसै गरि स्वागत जो अर्नु भएको थियो क्यारे, उहाँलाई पनि धन्यवाद दिएकिम, हउरलाई पनि धन्यवाद भन्छु र (मनमनै अब यो कुम्लेले कस्तो प्रश्न सोध्ने हुन् आधा मै भाग्छु म)

संवातदाता: यो कार्यक्रमको नाम "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" राखेकोमा यहाँहरुको के भन्नु छ नि?

राहुलदाई: अन्तरबार्ता दिनेलाई डेबा मोरु, के को रुबरू? बरु रु-मोरु राखम्, तारेमाम्!

मिस: सारै राम्रो नाम भन्छु र। (मनमनै ठुल्दाईलाई नाम मन नपरे जस्तो मानिछु, मुइले राम्रो छ जो भने मार्ने पो हुन् कि?)

संवातदाता: हा हा हा राहुल दाई रु-मोरु राख्न अलि मिलेन, हजुरहरुको लागि त ठिकै हो, हामी कार्यक्रम चलाउनेहरुलाई त रु-भरुँ भएको छ यो प्रोग्राम।

राहुलदाई: पैसा दिनुस् अन्तरबार्ता लिनुस, यो राहुल भाई ३५ बर्षको अनुभवको आधारमा बोल्दैछ, जब सम्म खल्ति खोलिदैन तब सम्म एक शब्द बोलिदैन, तारेमाम्!

मिस: पैसो कुन ठुलो कुरो भो भन्छु र। खेतमा दिनहु जो काम गरेकिम मुइले एउटो पैसो जो कमाउन सक्या छुइन, यो अन्तरबार्ता दिएर कत्ति नै पो कमाउछु र? (मनमनै अब चाँहि मार्छन् राहुल दाईले, भागे म त)

संवातदाता: हत्तेरी! कुरो मिलेन भन्या, राहुल दाई बोल्नुस न --- ल ल मिस कता भाग्नु भएको?

राहुल दाई: अम् अम् अम् अम् ----- अम् अम् अम् अम्, अम् अम्!

मिस: (मनमनै अब पनि फर्केँ भुने बित्यास पार्छन् राहुलदाईले)

संवातदाता: आदरणिय स्रोताबिन्दहरु, राहुल दाईले मुख नखोलेको र मिसले एक शब्द नबोलेको ले हामी आजलाई यो कार्यक्रम यहिँ टुङ्याउछौँ, जदौ!

:P

Read Full Discussion Thread for this article