Posted by: waka February 29, 2008
मन्दिर मास्ने पूजारी भए (गजल )
Login in to Rate this Post:     0       ?        

खोइ कस्तो भयो,अहिलेको पारीबेशलाई चिहाउन खोजेको ,
आशा छ सुझाब पाउछु। 

 

मन्दिर मास्ने पूजारी भए ,घर भाडा पहरे (भाडने )
माटो डस्न कहाबाट उम्रे निल कडा लहरे

भाईचारी साची सारेको माया नसर्दै
खुशीमा खसे, उर्लेर फेरी साउनका खहरे
आध्यरो गाउमा अन्धाको बस्ती बाटो चाहिएन 
भ्रममा कुदे बथान टाउका निमुखा जो ठहरे

आस्वासन पीइ चाउरिएका पेट फुक्लान भनी
छरिएका आशा बटुली रछन बिचरा टहरे
आफ्नै उचाइ गिराएर आफ्नै माटो फाल्ने
भड्किएको मन  भएछन अब चाँही जहरे  


Read Full Discussion Thread for this article