Posted by: shirish February 29, 2008
नेपाल = बनारसी पान
Login in to Rate this Post:     0       ?        

जस्का नाममा नेपाली नोट छापिन्छ
जस्का नाममा चुनावी भोट छापिन्छ
भोको छ नाङ्गो छ, हो त्यै त हो नि भूँई मान्छे
जस्का नाममा विदेशी भिख मागिन्छ

लोकतन्त्र भन्दा खेरी लुगातन्त्र सुन्छ
संविधान भन्दा खेरी नयाँ धान बुझ्छ
गलित छ, दलित छ, हो त्यै त हो नि भूइँ मान्छे
जो जिन्दावाद भन्दा सिताभात ठान्छ

सामुहिक बलात्कार पछि रन्डी बनाइन्छ
बलात्कारी हसाँइन्छ, यिन्लाई रूवाइन्छ
थिचिन्छ, मिचिन्छ, हो त्यै त हो नि भूइँ मान्छे
वोक्सी भन्दै यिन्लाई गु खुवाइन्छ

यिन्लाई बालेर यिन्कै सडक जलाइन्छ
यिन्लाई ढालेर यिन्कै घर ढलाइन्छ
ढलाइन्छ गलाइन्छ हो त्यै त हो नि भूइँ मान्छे
जस्को नाममा जैले पनि सत्ता चलाइन्छ

जस्ले सास फेरेवापत भ्याट तिर्नु परेको छ
जस्ले आस गरे वापत वली क्यास तिर्नुपरेको छ
तिराइन्छ, पिराइन्छ हो त्यै त हो नि भूइँ मान्छे
जस्को नाममा अरू कसैलाई संस्थानको शेयर दिलाइन्छ

Read Full Discussion Thread for this article