Posted by: shirish February 29, 2008
आन्दोलन
Login in to Rate this Post:     0       ?        

मैले त गजलको फर्म्याटमा ढाली दिया छु ० मीठो लागेर

 

सपनीमा पनि सँधै आन्दोलन देख्छु अचेल
जब केही लेख्न खोज्छु अशान्ति नै लेख्छु अचेल

आतंक र दुश्मनी नै छाएको छ जताततै
शान्ती माग्दै आरतीले आफ्ना आँखा सेक्छु अचेल-  बाह वाह !!

युवाहरुमाथि फेरि जाल नौलो हालेका छन्
म त पासो पर्दिन नि, विचार गरी टेक्छु अचेल

आगो बाली निर्दोषलाई आगा भित्र हालेकाछन्
त्यसैले बाटो हिंड्दा ढुङ्गा, ईंटा, लाठाहरु छेक्छु अचेल

 

यस्मा अलि मिहेनत गरे गजब होला -

 

(विकास गर्छु भन्नेले नै विकास भाँच्न थालेका छन्
तर जब लेख्न खोज्छु, अशान्ति नै लेख्छु अचेल)

(सत्तालोलुप नेताहरुले अब जातै फालेका छन्

त्यसैले त लेख्न खोज्दा अशान्ति नै लेख्छु अचेल)

 

Read Full Discussion Thread for this article