Posted by: Ishwor February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

लौ जिम्माल बाले नि जिम्माल्नी भेटेचन, नमेले नमिनी, दुबैलाई बधाइ छ है।

हाम्रा भ्यागुते (सप्पैले भउते भनेर चिन्चन यो हामरो चौपारीमा) महाराजको जन्ति जान भनेर दौरा सुराल सिलानि गोडा चार बर्ख भो, खोइ मौकै मिलेन । दाँत तिखारेर बस्या पुनि यत्तिका बर्ख भो कस्सैले निम्तो दिया होओइन, बेकार नै हुने भो भन्ठान्या त फेरि बिर्खे र नमे को पालो आ'च। जे भे नि  स्वागत छ है, तपैंहुर पुनि हाम्रै बगालाँ मिस्सिनु भो। बरु भोलिपर्सि जिम्माल्नी र नमिनीले टुप्पीआँ समा'र र्‍वाँइर्‍वाँइ पर्ने हुन् कि डाडु र झाडुले हान्ने हुन् त्यस्को  जिम्मा चैं हामी लिन्नम् नि । प्रतिवादको लागि अग्रिम कच्छे संचालन हुंदैछ । बरु छिट्टै भर्ना भै हालुम्। सिट सिमित भएकाले पहिले भर्ना हुनेलाई प्राथमिकता दिइने जानकारी गराइन्छ ।  यो भरेङ्गमा टिकिक्क पारुम ।

अब हर्ख बढाइँ अर्नु पर्ने भो। अबु त्यो भन्दा पइले कत्ति जनालाई यसरी रुवाउने हो था छैन यी जिम्माल र नमेले ।बरु पत्ता लाउने कुनै उपाय भए अइले नै सुझाउँ है साझाबासी हो । पछि त्यो रुने मुन्छे तपाईंहुर मध्यकै एउजना परो भने चैं फसाद छ है, होस् गरे बेलैमा। त्यो रुन नपर्ने जति सप्पैलाई अउरिम शुभकामना !!! नयाँ बेउला बेउली हुर लाई फेरी एउपाली बधाई!!! महचन्द्रे ( यो चैं मैले  नयाँ बनाको, आर्को शब्दाँ मधुमास भन्चन क्या त) रामुरी बितोस, जोडी बाहेक कसैले हात चाट्नु नपाओस !

 

;-)>

 

Last edited: 29-Feb-08 02:41 AM
Read Full Discussion Thread for this article