Posted by: shubha February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

खुच्चिङ !!

भौतेगुरु,

तलको  यो प्याराग्राफ हेरर मलाई केहि सुझाव दिनुस न --

'उस्ले मेरो शिर देखि पाउ सम्म उहीं पहिलेकै तरिकाले  नियाल्दै भन्यो  उहाँ नानू -उस्को परिपक्व दृष्टिले अब्यक्त प्रेम र अपार आत्मियताको अनुभूति भयो मलाई। अब म उहीं पहाड र कन्दरा संग लुकमारी  खेल्ने  चुलबुली  रेवती रहिन। म भित्र पहाड संग पिरती गास्ने कन्दरा संग लजाउदै हातेमालो गर्ने उत्कण्ठा विकसित भैसकेको छ। चिसो हावाको झोक्काले पनि  मुटुभित्र तरंग हरु संचारित गर्छन मेरो।गोधुलीको  सितल बतास पहारा संग ठोक्किदा निस्कने सुसेलीसुन्दा रोमान्चित हुदै मुटु धड्किन थालेको  वर्षौ भएको छ।–उस्को हेराई लाई म उही  ‘रेवती’ या ‘नानूको’ दृष्टीले बुझ्न चाहान्न।'

 

Last edited: 28-Feb-08 10:14 PM
Read Full Discussion Thread for this article