Posted by: waka February 28, 2008
मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
Login in to Rate this Post:     0       ?        

फेरी एउटा अर्को गजल उनेको छु ,गजलको बिधामा
अभ्यास गर्ने शिलशिला हो यो ,
सदा झै सुझाबको आशामा छु।

 

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई

सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई

Read Full Discussion Thread for this article