राहुलदाई,
अरु कुरामा बहस गर्न त न जाँगर नै छ, न ट्याम नै। तर एउटा कुरा चईं भन्न मन लायो।
"ब्राम्हण लाई ब्राम्हण वा बाहुन भन्नु मा गाली हुन्छ र?
नेवार लाई नेवार भन्नुमा बेइज्जत हुन्छ र ?
पहाडी लाई पहाडी भन्नु मा कहाँं रिस उठ्छ र ?
मधेस मा बस्नेलाई मधेसी भन्दैमा हेपेको, गाली गरेको कसरी हुन्छ?"
कुरो हो, "मधेसी" या "मधिसे" को। मधेसकालाई "मधेसी" भन्नु एकदम सहि हो, र त्यसमा कसैको गुनासो पनि छैन।
तर जहाँ सम्म "मधिसे" शब्दको कुरा छ, नेपाली भाषामा अकसर गरेर अन्त्यमा "े" (ए) उच्चारण हुने सम्बोधनहरु हेपिएर नै भनिएका हुन्छन्। जस्तो, काले (कालो सहि हो), अमरिकाने (अमरिकन सहि हो), अर्थात, पुन्टे, च्यान्टे, गान्टे, आदि।
कसैको नामैले बोलाउँदा पनि, रामको साटो रामे, कृष्णको साटो कृष्णे, राहुलको साटो राहुले, तब मात्र प्रयोग गरिन्छ, जब सम्बन्धित व्यक्ति प्रति घनिष्टता बढेको हुन्छ, र उसलाई "तँ" ले सम्बोधन गर्ने आँट आउँछ। हुन त कुनै दुई मित्र बिच "तँ" भनिंदा होच्याईएको जस्तो नसुनिएला, तर भाषाले लगाईने "तँ" को सहि अर्थ होच्याउनु नै हो।
अत: "मधेसि" सहि हो, "मधिसे" गलत।
मधेसि आन्दोलनको भित्री राजनिति छुट्टै, तर उनीहरु प्रति सामन्यतया पहाडीहरुको दृष्टिकोण, सोंचाई, तथा व्यवहारमा पूर्ण सकारात्मक परिवर्तन चाहिं हुनै पर्छ भन्ने मेरो विश्वास छ। त्यसपछि मात्र राजनैतिक भागबण्डाको कुरामा बहस गर्न मिल्छ। हैन भने, जति हामी क्रुर हुन्छौं, उति नै मधेसिहरु आक्रोशित र उत्तेजित हुनु स्वभाविक हो जस्तो लाग्छ मलाई।
भने जस्तो आजको भोलि त पक्का पनि हुँदैन, तर पढे-लेखेका, जाने-बुझेका हरुले नबुझेका, नजानेकाहरुलाई मार्ग दर्शण दिनको निमित्त पनि हामीले उक्त सकारात्मक परिवर्तनहरु समेट्न आफैंबाट शुरु गर्दा उचित हुन्छ जस्तो लाग्छ।
अत्यन्तै सजिलो शुरुवात हुनेछ: "मधिसे" नभनि आदर पुर्वक "मधेसी" भन्न थालौं।