Posted by: Rahuldai February 28, 2008
Dear madhesis: It hurts
Login in to Rate this Post:     0       ?        

मैले नबुझेको कुरो,

ब्राम्हण लाई ब्राम्हण वा बाहुन भन्नु मा गाली हुन्छ र?
नेवार लाई नेवार भन्नुमा बेइज्जत हुन्छ र ?
पहाडी लाई पहाडी भन्नु मा कहाँं रिस उठ्छ र ?


मधेस मा बस्नेलाई मधेसी भन्दैमा हेपेको, गाली गरेको कसरी हुन्छ?

जहाँ सम्म मधिसे आन्दोलन को कुरा छ, कुनै जाती वा समुदायको हितको लागि गरिएको आन्दोलन हुँदै होइन। संबिधान सभाको चुनाव हुन नदिने अन्तिम अस्त्र फ्यांकेका हुन। नत्र, कुरा मिलिसक्दा पनि चुनाव सार्ने प्रस्ताव राख्ने थिएन, उपेन्द्र यादब भन्ने मधिसे ले। तराइका निमुखा नेपाली ले त बन्द तोड्फोड को मार झेल्नु पर्‍यो पर्‍यो, काठमाडौ लगायत देशका अन्य भागका जनताले दु:ख झेल्नु झेल्नु पर्‍यो। जस्तो सुकौ संझौता गरे पनि संबिधान सभाको चुनाव पछी बनाइने संबिधान मा उल्लेख हुनु पर्‍यो । तिनको बौ बाजेको बल त्याहा सम्म पुग्ने छैन।

४६ साल को आन्दोलन पछी भएका ३ वटा संसदको चुनाव मा कहाँ थिए, ती मधिसेका मसिहाहरु ?
त्यती बेला सम्म मधिसेको अधिकार चुपचाप् सहेका थिए त? त्यतिबेला नि मधिसेको मसिहा बताउने गज्जु बाबुको सदभावना पार्टी चुनाव लडेका थिए। देश भर मधिसे चुनाव लडाएका थिए। १० सिट भन्दा बढी किन जित्न सकेनन त?
मुस्लिम बाहुल्य भएको तराइ बाट माधव नेपाल चुनाव जिताउने पहाडे त पक्कै थिएनन। खड्ग ओली, चक्र बास्तोला, कृष्ण प्रसाद सिटौला लाई पनि तिनै मधिसेले जिताएका हुन। तिनको बिरुद्ध पनि मधिसे लडेका थिए, भुइमै   लडे।


उता दुष्ट छिमेकी का भाजपा को गोरखपुरमा भएको कार्यक्रममा राजा बचाउने उदघोष गर्ने उपेन्द्र यादबले चुनाव सार्ने प्रस्ताव राख्नु, भाजपाले संबिधानिक राजातन्त्रको वकालत गर्नु संयोग मात्र मान्न मिल्दैन। रेणु यादव, सर्बेन्द्र नाथ शुक्ला को चर्को आवाजमा नारयणहितिको बोली निस्कनु संयोग पक्कै होइन।


त्यसैले भोली का दिनमा तिनै मधिसे अझै किनारा लाग्ने निस्चित छ। मर्स्या, मधिसे अनी बिहारी शब्दको प्रयोग जती सुकै कडा कानून बनाए पनि जन मानसमा घ्रिणायुक्त भावमा गढिने छ। अस्तु!
 
 

Read Full Discussion Thread for this article