Posted by: BKMailo February 28, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

बिरामीको चाप बढ्यो

कास

भोजपुर, फागुन १५ - जिल्ल्ाा अस्पतालमा बिरामीको चाप बढेको छ । महिना यता मौसम परिवर्तनका कारण बिरामी बढेको अस्पतालका डा. र्सर्ूयबहादुर गुरुङले बताएका छन् । गुरुङका  अनुसार रुघाखोकी, दम, ज्वरो, टाइफाइड, निमोनिया, झाडापखाला लगायतका बिरामीको अस्पतालमा चाप छ ।

अस्पतालमा कतिपय मुटुरोगी समेत भर्ना भएका छन् ।  'अस्पतालको क्षमता १५ शय्या मात्र हो, यहा“ त २० जनाभन्दा  बढी भर्ना भएका मात्रै छन्,' अर्का स्वास्थ्यकर्मी डा. भवेश थापाले भने- 'राख्ने ठाउ“ नभएर कर्ुर्सर्ीीोडेर बनाएको खाटमा बिरामी राखेका

छौं ।' बहिरंग सेवामा पनि दैनिक ६० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

'कहिले त ८०-९० जना नै पुग्छन्,' उनले भने- 'मौसम परिवर्तनका कारण बिरामी निकै बढेका छन् ।'

छाती दुख्ने, खोकी लाग्ने र दम रोगले वृद्धवृद्धा बढी प्रभावित भएका छन् । जा“ड, रक्सी, सर्ुर्ती, बिंडी, चुरोट खैनी सेवन गर्नेलाई बढी रोगले चापेको डा.थापाले बताए । वृद्धवृद्धालाई श्वासप्रश्वासमा पनि समस्या आउने गरेको छ । 'चिसामा बढी चाप बढ्ने गरेको छ,' उनले भने- 'बालबालिकालाई निमोनिया हुन्छ ।'

भर्नामध्ये ६ जना मुटुरोगी र तीन बालबालिकालाई निमोनिया लागेको छ । दर्ुइ महिनादेखि पा“च वर्षुनिका बालबालिकामा निमोनिया देखिएको उनले जनाए । अल्सर, इपिटेक्सिस, नाकबाट रगत आउने र झाडापखालाले पनि बिरामीलाई सताएको छ ।

Source : http://kantipuronline.com/kolnepalinews.php?&nid=139130

Read Full Discussion Thread for this article