Posted by: lopchanlama February 27, 2008
आफ्नै चिहान
Login in to Rate this Post:     0       ?        

nepe गुरु जी, केही कमि-कमजोरी  भए सुजाव को अपेक्क्षा गर्दछु

झुल्कने छन अखबारहरु

 

कामना शान्तिको

चाहना फेरी अर्को युद्धको

अर्को एउटा बुद्धको

अनी बुद्धत्त्वको

 

द्द्ढ आत्म-बिश्वास

ब्यग्र प्रतिक्षाहरुमा

पर्खिरहेछु

नयाँ बिहानिको

 

मेचीदेखी कालिसम्म

हिमाल देखी तराई सम्म

बन्दुकको नालहरुमा

गुराँस फुलाउदै

बमको गोलाईहरुमा

सुनगाभा झुलाउदै

ठेला उठेका हत्केलाहरुमा

दिपहरु बाल्दै

मौलाहरुमा

बसन्तको सुवास छर्दै

छहरा, पहरा, कुना-कन्दराहरुमा

बिकुल फुक्दै

झुल्कने छन अखबारहरु

नयाँ बिहानि साथ

इन्द्रेनी रंगमा

शान्ती उत्घोष गर्दै

प्रतेक नेपालीको आँगनहरुमा

खुशीयाली छाउदै

 

चिरायु शान्ती

नेपालीको चाहना यही

कामना यही

 

सजिने छन

बिस्पोटमा परेका

भग्ना बशेश

पुलहरु, भवनहरु, टावरहरु

पार्टी- पौवाहरु

यम्बुसमा परेका

क्षत- बिक्षत

हिमालहरु, पहाडहरु, तराइहरु

पखालिने छन

सडकहरुमा लागेका

रगतका टाटाहरु

जरुवाको पानीहरुले

फुट्नेछन मुहानहरु

चट्टानहरुबाट

पग्लने छन सगरमाथाहरु

 

 रोल्पा- रुकुमहरुमा

मलम लगाउदै

बिधुवाको साडिहरुमा

इन्द्रेनी भर्दै

बिबरिसे लाशहरुमा

अमृत छर्दै

रोधि-घरमा

शान्तिको दोहोरी घन्काउदै

झुल्कने छन अखबारहरु

नयाँ बिहानि साथ

अर्को एउटा बुद्ध लिएर

शान्ती उद्घोष गर्दै

प्रतेक नेपालीको आँगनहरुमा

खुशीयाली छाउदै

 


 

Read Full Discussion Thread for this article