Posted by: dipika02 February 27, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

भाग २..........

"ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ

प्रशान्त ले मलाई घर छोड्दियो,  घर सम्म छोड्न आएको मान्छेलाई माथि आउ पनि नभनी कसरी पठाउनु?
"माथि हिडन, चिया खाएर जाउ"-- मैले सिस्टाचार निभाएँ।
 
"हुन्छ"-- उस्ले सजिलै सँग मेरो निमन्त्रणा को पालना गर्‍यो र हेल्मेट हातमा बोकेर म सँगै माथि आयो। उ र म भर्याङ् उक्लदैथ्यौ भाइ आयो, मैले "मेरो भाइ" भनेर चिनाउदै थिए उस्ले खल्तिबाट हार्ट क्यान्डी निकालेर दियो भाईलाई।
 
"मेरो भान्जिलाई एकदम मन पर्छ यो क्यान्डी, उ आएकि छे त्यसैले खल्तिमा भैरन्छ"--मनमा जुन कुरा सोचिराथे, मैले नसोधिकन नै उस्ले जवाफ दियो।
 
भाईलाई "आमा काँ हुनुहुन्छ" भन्दा "भान्सामा" भन्यो। जो साथी घरमा आएपनी म पहिले आमालाई नै भेटाउन लान्थे तेसैले  आमाकाँ लगेँ। आमाले एकछिन साधारण कुरा गर्नु भो र भान्सा बाहिर कौशिमा राखेको कुर्सिमा राख्नु भो। प्रशान्त पनि केही अप्ठ्यारो नमानेर आमा सँग हाँसी हाँसी कुरा गरिराथ्यो।
 
म भित्र चिया बनाउने तर्खर गर्दै थे, आमा आएर भन्नु भो--"तिमी जाउ म बनाइदिन्छु चिया",
म बाहिर गएँ र अर्को कुर्सी तानेर बसेँ। कुरा गर्दा रमाइलो रहेछ प्रशान्त। धेरै नबोल्ने तर बोल्दा हाँसी हाँसी बोल्ने बानी रहेछ। बेला बेलामा दातले ओठको पत्रहरु टोकिराथ्यो तर अप्ठ्यारो मानेको जस्तो लागेन।
 
"तिमिलाई आज पूजाले जबर्जस्ती लगेको हो?"-- मैले सोच्दै नसोचेको प्रश्न तेर्स्यायो 
 
"जबर्जस्ति त हैन तर मलाइ तिमिहरु आउने थाहा थिएन"-- साच्चै कुरा भने, पूजाले भन्नु पनि पर्‍योनी थाहा हुन
 
"किन? थाहा भएको भए आउदैनथ्यौ ?"-- खिस्स हाँस्दै रुखो बोलिमा सोध्यो
 
म हाँसे मात्रै, मेरो उ प्रतिको सोचाइ त्यति राम्रो थेन र म भन्न चाहन्न्थेँ। त्यतिकैमा आमा आउनु भो ट्रे मा चिया र भुजिया लिएर। आमालाई देखेर प्रशान्त जुरुक्क उठ्यो र हातबाट ट्रे लिएर टेबलमा राख्यो। मन मनै सोचेँ राम्रो संस्कारमा हुर्केको रहेछ। पूजाले भन्थी -- "जुन केटाहरु बाहिर हेर्दा बदमाश देखिन्छन तिनिहरु भित्र बाट राम्रो हुन्छन, त्यो बाहिरको सोझोहरु तलाई के था कती घुस्घुसे हुन्छन भनेर,  हेर्दा मात्रै सोझा हुन तिनिहरु"-- प्रशान्तलाई देख्दा त हो कि जस्तो पनि लाग्यो।
 
"छोरी केहि चहियो भने गोमालाइ भन, बाबा आउने बेला भो म तल जान्छु, ल त बाबु, आउदै गर न है, "-- आमाको हाँसी रहने र मेरो साथिहरु सँग कुरा मिल्ने बानिको सबैले प्रशन्शा गर्थे, प्रशान्त पनि आमाको बिदाइमा मुस्काउदै जुरुक्क उठ्यो। उस्को व्यबहार मा केही देखवोटी पन मैले पाइन।
 
"अबिनले पूजालाई घरमा त छोडिदियो होला नि है?"---धेरै बेर देखी त्यो प्रश्नले मेरो मन खनिराथ्यो, प्याच्च मुखबाट निस्क्यो।
 
"खोइ पूजा को के भर?"-- चियाको कपलाई एक फन्का घुमाउदै उ त्यो कपमा घोरिरह्यो।
 
उस्को एक वाक्यले मेरो मन श्रावनको झरीमा रुझे झैं रुझ्यो। पूजा रमाइलो मन पराउने केटी हो तर एउटा सच्चा साथी पनि त हो।  जे मन पर्दैन अगाडिनै भन्थी, पछाडि कुरा काट्ने उस्को बानी थेन । नसोचिकन प्यच्च बोल्थि तर पनि मेरो एकमात्रै सफा मनको साथी थि। जे जस्तो भए पनि आफ्नो साथीको बारेमा अरुको मुखबाट नराम्रो सुन्दा निकै नरमाइलो लाग्यो मलाई।
 
"किन अबिन को चैँ भर छ र?"--मलाई प्रशान्त को वाक्यले मुटुनै घोचेकोथ्यो र मुख बन्द राख्न सकिन।
प्रशान्तले पुलुक्क मेरो अनुहारमा हेर्यो, शायद बुझ्यो होला मलाई नराम्रो लागेको,
"Don't worry, she will be fine"-- उस्ले चियाको अन्तिम चुस्की लिदै भन्यो र जाने तर्खर्मा उठ्यो। म उस्लाइ छोड्न तल आँगनको ढोका सम्म पुगेँ। माथि आउदा पनि मन खिन्ननैथ्यो पूजा सम्झेर।
 
खाटमा गीत सुनेर पल्टिराथे र पूजा घर पुगी कि पुगिन भनेर मन मा कुरा पनि खेलिराथ्यो, आँगनको ढोका खुल्यो, हेर्छु त पूजा सकी नसकी चोरको जस्तो चालमा ट्रेक्किङ ब्याग जत्रो झोला घिसार्दै आइराछे। म तर्सेर तलै पुगेँ। 
 
"काँ जान ला तँ?" --मेरो हन्शले ठाउँ छोड्ने बेला भैसकेकोथ्यो।
 
"काँ जानुनि तँ काँ बस्छु २-४ दिन" --म भन्दा उहि अघि अघि लाग्छे बा
 
"तेरो घर चैँ के भो? फेरि झगडा गरेर हिडिस् कि क्या हो?"--आफ्नो घरमा आमा सँग या दाइ सँग झगडा पर्यो कि आइपुगिहाल्थि मेरो घरमा झोला बोकेर, मलाइ आगोको ज्वालामा हुमेर।
 
"के हुनु नि? अबिन सँग फोनमा कुर गरिराथे, आमाले अर्को फोन बाट सुनिरहनु भा रे'छ। अब जवान छोरीको बढी चियो चर्चो गरेपछी के-के सुनिन्छ के-के"-- उस्लाई के सुन्नु भयो भन्ने त एकथोपा पनि पिर छैन उल्टो आमाको गल्ती देखाउछे
 
"अनी किन मुन्ट्या त मेरो घरमा? बाबा-आमालाई के भन्ने? "-- ढोका ढप्काउदै अली सानो स्वरमा भने
 
"कस्को घरमा जाँउ त? आफ्नो घरमा बस्न खतरा नै छ आमाको रिस नमरेसम्म, त्यो किच किच सुन्नेर बस्न सक्दिन म"--अझ उस्कै घुर्की लाउछे, आफ्नु मुटुनै फुल्न थालिसक्यो घरमा के भन्ने भनेर।

"मुन्ट्या भए हुन्थ्यो नि तेही अबिनेको घर, दिनभर सँगै थीस अझ तेती ले नपुगेर घर पुग्ने बित्तिकै झुम्मिनु पर्छ फोनमा?"-- त्यस्को बिथिती ताल ले मेरो सहन सक्तिलाई थिचिमिची पारिसकेकोथ्यो।
 
"गई हाल्थेनी तैले सिकाउनु पर्थ्यो र? त्यो बुढीले मेरो फोन त दिन्न, मलाई त के देली र ढिम्किन?"-- बुढी भनेको अबिनको आमा होला भनेर म नियाल्न तिर जोड दिदैथेँ, उ भने २ -४ दिन बस्न आउदा १ महिनालाइ पुग्ने लुगा लिएर आएकि रहिछे, मेरो दराजमा के ठाउँ पुगोस, मरी मरी कोचिराथी।
 
"तेरो लुगा राख्न अर्को दराज पनि चाहिने भएछ अब"---उ अटेसम्म लुगा कोचिराथि
 
"किन नचाहिनु त, तेरो बासै म काँ हुन्छ, बिचर दराज ले पनि के धानोस् दुइ दुइ जना को लुगा"-- आफ्नो लुगा खुम्चेला भनेर अली अली सार्दै उस्लाई ठाउँ बनाउन करै लाग्यो।
 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
क्रमश:
Read Full Discussion Thread for this article