Posted by: SurNaTal February 26, 2008
Login in to Rate this Post:
0
?
गयको ८ महिना जती साझा को सेरोफेरोमा दिनहरु बितिरहदा लाग्छ म बढी सामाजिक बनिरहेछु। हुन सक्छ सानो टुक्रा मात्रै भए पनि साझाले मेरो परिवार, भौतिक संसार र अध्ययन वा काममा लगाउनु पर्ने समय लिएको होला। तर तेस्को बादलामा स्वच्छ हांसो, आफ्नो जन्मथलो तिर छाडेर आएका अपनत्वहरु र सबै भन्दा महत्वपूर्ण चाँहीं टुक्रा साहित्यहरुको खुराक जो मिलेको छ, त्यस्ले हिसाबमा घाटा लागेको छैन भन्ने ठन्दाछु। तर कुरा चाहिँ यो पर्यो। कता कता आँफैलाई पनि लाग्छ के भौतिक संसारबाट नचाहदै पनि isolated हुँदै जानु पर्दा म निकास खोज्दै छिरेको हुं साझा? र कडा शब्दमा यस्तै ओकालत गर्नेहारु यता उता देखिदा मेरो सोचाइलाई मल जल पुगेको झै लाग्छ। के साच्चिकै तेस्तै हो त वास्तबिकता। वास्तबिकता जे भए पनि तुरुन्तै so called adiction हट्ने वाला छैन केरे।
तपाईंहरुको के छ भन्नु?