Posted by: dipika02 February 26, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        
amazing साथी, पूजाको बारेमा तिम्रो सोचाइ एकदम सही हो। मनको धेरैनै सफा छे र एक मर्दा र पर्दा को साथी हो पूजा। ल जे होस  तिमीलाई  starting र ending मन परेछ, खुशी लाग्यो। अनी त्यो रोज  ले रातो टि-सर्ट लगाउने सँग आएर तिम्रो घर को घण्टी बजाको बजाकै छे खोइ खोलेको ढोका?
 
प्रेरणा my dear, तिमीलाई पनि प्रशान्त मन परेन हो? किन पर्शान्ते भनेकी?
पूजाले बिगारे र बिग्रिने भएको भए तिम्रो दिपु त उहिले बिग्रिसक्थी, तिमी पिर नगर है। जे भाग्यमा लेखेको छ त्यही हुन्छ, तिमीले भनेकी होइन?अरु पनि तिम्रो मिठा मिठा कुरा सुन्ने भनेर बसेकी छु है म।
 
सुन्तले ज्यु, लौन झन हजुर सँग तेत्रो पोखरा घुमेर हामीहरु फर्केको एक हप्ता पनि भ को छैन अहिले त दि पि का हराइन रे,  ल हेर, हजुरहरुलाई छोडेर कता जान सकिएला खोइ
 
कलेजो पिर नगर म छिट्टो नै भन्छु प्रशान्त सँग गएँ कि गैन भनेर है। अनी खुट्टा हल्लाउने भनेको मनको आशान्तिलाई शरीरबाट हटाउने प्रयास हो, थाहा छ कि छैन कुन्नी?
 
पर्बत्या ज्यु, लौ हेर "दिपिका लाई ढाट्न पनि आउदो रहेछ" रे झन नढाटिकन मनमा लागेको सत्य कुरा लेखेकी त हो अबिन बोले पछी चुप हुन जान्दैनथ्यो, ३ घण्टा उस्को बक्बक सुन्नु भन्दा त चुपचाप प्रशान्तको छेउमा बसेर फिल्म हेर्नु नै ठीक नि होइन त?
 
भउते ज्यु, लौ हजुरलाइ किन डाहड लागेको नि मलाइ प्रशान्त ले छोडन् गयो भनेर? अब पूजा पनि गैहाली, म के गर्ने त?
 
पुन्टे ज्यु, न आफ्नो ओठमा कहिले कलेटी परे, न त कहिले नै chapstick लिएर हिडियो, कता बाट दिनु chapstick
 
कान्छा, त्यस्तै थ्यो हाम्रो ताल, पूजा भन्थी मैले दु:ख दिएँ जे गर्न पनि रोकेर, म भन्थे उस्ले दु:ख दि भनेको नटेरेर
 
हर्क बहादुर, त्यो गोपी कृष्णमा कती हेरियो हेरियो फिल्म, कुन चैँ हेरेको त्यो बेलामा त खोइ के याद आउला र? अनी हजुरको चौतारीको साथीहरुलाई मैले चिनेको छैन, मैले दिएको खबर के पत्यौलान र?
 
somewhereondearth jyu, लौ न नि साथ मन पर्दै छ रे, कती छिट्टो थाहा पाइदिनु भएको। हजुरलाई साथ मन परेको भान भएछ। हो एउटा असल साथी हुन पुगेकोथ्यो प्रशान्त त्यो भेट्घाट पछी
 
जगटाधारी ज्यु, समय निकालेर पढिदिनु भएकोमा धन्यवाद
 
फुच्छे केटो ज्यु, हजुर र म त एक अर्काको तारिफ गरेर नथाक्नेनै भयौ जस्तो छ। अनी त्यो गोपी कृष्ण हल ले त लुट्नु लुटेकोछ हाम्रो पैसा। मन परेको फिल्म त ४ चोटि पनि हेर्न पुग्याछ
 
सुनिमा ज्यु, नयाँ पाठकको आगमनलाई म हृदय देखी स्वागत गर्छु। धन्यवाद हुजुरको मिठो शब्दहरुको लागि
 
नेप्चे, समय निकलेर पढिदियौ, तेस्तै समय निकालेर कबिता पनि टाँस्दै गर है, हामी पनि पढ्न छोड्डैनौ
 
राहुल दाई, जे जती लेख्दै छु, हजुरहरुबाट नै प्रेरित भएर हो। हजुरहरुको आशा निराशामा नबद्लियोस, त्यही नै मेरो प्रयास पनि हो
 
शुभ भाई, तिमी झुल्क्यौ कि मलाई मेरो सिस मिस हुन्छ भन्या, लौन मेरो सिस लाई पठाइदेउ, तिमी बरु घरमानै बस
अनी पूजा तल्लो रो म थि म माथिल्लो अनी तेस्ले मुन्टो बाटरेर हेरेको त थाहा भईहाल्छनी। दिदिको विश्वाश नलागे तिमी पनि ट्राइ गर त
प्रशान्त को बानिथ्यो अनुहारमा हेरिरहने। कसैले अनुहारमा हेरिरछ भने त थाहा पाउन उस्कै अनुहारमा हेरिरहनु पनि पर्दैन नि भाई
 
आ-आफ्नो किम्ती समय निकलेर पढिदिनु भएकोमा सबैलाई धन्यवाद। अर्को भाग सके सम्म छिट्टो नै प्रस्तुत गर्नेछु।
दिपिका
Read Full Discussion Thread for this article