Posted by: BKMailo February 26, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

दिङलामा बिजुली

कान्तिपुर समाचारदाता

भोजपुर, फागुन १३ - उत्तरी भोजपुरको दिङलाका वासिन्दाले केन्द्रीय प्रशारण लाइनको बिजुली बाल्न पाएका छन् । शनिबारदेखि उनीहरूले बिजुली बालेका हुन् ।

जिल्लामै पहिलोपटक नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइन विस्तार गरी दिङलास्थित केउरेनीपानी र देउराली गाविसमा बिजुली पुर्‍याएको छ ।

सरकारको सहयोगमा धनकुटाको हिले स्टेसनबाट ११ केभी प्रसारण लाइन भोजपुरको दिङला क्षेत्रका लागि विस्तार गरेको प्राधिकरण ग्रामीण विद्युतीकरण विभागले जनाएको छ ।

धनकुटाको हिले लेगुवा हु“दै दिङलाबजार पुर्‍याएको बिजुली शनिबार अपराह्न ४ बजे सबस्टेसन मेनेजर इन्जिनियर केशव सिंखडाले 'स्विच अन' गरेर उद्घाटन गरेका थिए् । इन्जिनियर सिंखडाले देउराली गाविसको माघेछाप, अर्चाले, सिंहबाहिनी, गहते, केउरेनीपानी गाविस र दिङलाबजारमा करिब ४० किलोमिटर दूरीमा एकैपटक बिजुली बलेको बताए । प्राधिकरणले दिङलामा सवस्टेसनसमेत राखेको छ । उतरी भोजपुरमा विद्युत् विस्तार लाइनको निरीक्षण गर्दै जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दिङला पुगेका थिए । उनले भोजपुर सदरमुकाममा समेत बिजुली बाल्नका लागि तीव्र गतिमा काम भइरहेको बताए ।

धनकुटा हिले सबस्टेसनबाट जरायोटार, हिलेभञ्ज्याङ, श्यामशिला ह“ुदै भोजपुरसम्म ३३ केभी प्रसारण लाइन विस्तारका लागि तार तान्ने काम भइरहेको छ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=138831

Read Full Discussion Thread for this article