Posted by: sarojlover February 25, 2008
माओवादीलाई भोट नदिए ५० जनमूक्ति सेना पाल्न तयार हुनुहोस्
Login in to Rate this Post:     0       ?        

Reading at this i was wondering if election is going to be fair ?? Atleast in all the remote parts , i have a serious doubt.

link to news

राजेन्द्र विश्वकर्मा
फागुन ७, काठमाडौं
Sagar
काँग्रेस एमालेलाई चोट, माओवादीलाई भोट,
काँग्रेस एमालेलाई भोट, माओवादीलाई नोट,
काँग्रेस एमालेलाई भोट, ५० जना जनमूक्ति सेनालाई गोठ,
चुनाव जिते सत्तामा, नत्र फेरी युद्धमा,
यसो भनिरहदा वाईसिएल नेपालका काठमाडौं उपत्यका इन्चार्ज सागर काठमाडौं स्थित त्रिचन्द्र कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) गुल्मी काठमाडौं सर्म्पर्क समितिको प्रथम भेला सम्बोधन गर्दै हुनुहुन्थ्यो । अहिले देश संविधानसभामय भएको छ । जति संविधानसभाको चुनाव नजिकिदै छ त्यति नै राजनैतिक परिवर्तन भैरहेको छन् । अहिले दुइ ध्रुविकरणको राजनीति अघि बढि रहेकेा छ । त्यो हो गणतन्त्रवादी र राष्ट्रपतिय पद्धति चाहाने अनि राजावादी र प्रधानमन्त्री पद्धति चाहानेको राजनीति चर्कदै गएको छ । जसले प्रधानमन्त्रीय पद्धति र पुरानो संरचना चाहान्छ त्यो राजावादी हो र प्रधानमन्त्री भन्दा माथि राजालाई राख्न चाहान्छ भने जो राष्ट्रपतिय पद्धति चाहान्छ त्यो नै सच्चा गणतन्त्रवादी हो सागर भन्नु हुन्छ । यसै गरि एमाले र काँगे्रसका केही राष्ट्रपतिय पद्धति चाहाने अर्थात गणतन्त्रवादीहरु केहि समय भित्र माओवादीमा आउदैछन भन्ने कुरा पनि खुलासा पार्नु भयो ।
यसै गरि सागरले रिडिमा एउटा ठूलो प्रवेश गेट बनाउने र त्यो गेटमा गणतन्त्रवादीर राष्ट्रपतिय पद्धति चाहानेलाई प्रवेश, राजावादी र प्रधानमन्त्रीय पद्धति चाहानेलाई प्रवेश निशेष लेख्ने योजना रहेकेा पनि बताउनु भयो ।


समितिको प्रथम भेलाले ७५ सदस्यीय कार्यसमिति चयन गरेकेा छ । जसमा अध्यक्ष प्रकाश घिमिरे, उपाध्यक्ष पिताम्बर अर्याल(प्रभात), सचिव विमल खनाल, सहसचिव बबरजङ्ग थापा कोषाध्यक्ष अर्जुन न्यौपाने रहनु भएको छ भने सो भेलाले क्षेत्र हेर्ने गरेर क्षेत्रीय संयोजक समेत चयन गरेकेा छ । क्षेत्र नं. १ मा रामु श्रेष्ठ, क्षेत्र नं. २ मा हुमनाथ भण्डारी र क्षेत्र नं. ३ मा पिताम्पर अर्याल-प्रभात) । रहेका छन्

Last edited: 25-Feb-08 12:17 PM
Last edited: 25-Feb-08 12:18 PM
Read Full Discussion Thread for this article