Posted by: Rahuldai February 25, 2008
Gyanendra, Prachanda Giriaja on REMIX music video hahah Funny
Login in to Rate this Post:     0       ?        
यहाँ निर मलाई आश्चर्य लागेको कुरा के हो भने मधिशेलाई कुन क्षेत्रमा उपेक्षा गरिएको छ भन्ने कुरा। पहाड को तुलना गरौं भने मधेश त कता हो कता सुबिधा सम्पन्न छ। खालि बिहारीलाई मर्स्या , भैया भनी छुद्रवाचक संबोधनले सच्चा मधिशेको मुटु किन पोल्छ, कहिं उनको बन्धकी राखेको आत्म बोल्छ कि त्यसमा?
समबेशी को अर्थ बराबर् अबसर् हुन सक्छ, आरक्षण  होइन। बिकासको समानुपातिक बितरण हुनु पर्छ। त्यो छंदै छ। स्वास्थ, शिक्षा यातायातमा मधेशको सुगमता जग जाहेर छ।
अब कुरा आउछ, प्रशासनमा मधिशे भएन, उच्चश्रेणीमा मधिशे भेन भन्ने कुरा मिथ्या हुन्।  हुम्ला जुम्ला सम्मका बिज्ञान र गणितका मार्साबहरु किन यादब, सिंह र कर्ण  मात्र हुन्छन्। नेपाली पढाउने प्राय ब्राम्हण भए जस्तै मात्र  पनि होइन। जहाँ नगद त्यहाँ यादब् हो।
अमिन, सर्भेयर र ओभरसियर साहेबहरु किन मधिशे मात्र हुन्छन्। अरुले पढ्न नसकेर त पक्कै होइनन्। सिचाई बिभाग र सडक बिभागका आधा जति इन्जिनियर साहेबहरु किन तराई मूलका हुन्छन्।
यी यक्ष प्रश्नहरुको उत्तर खोज्नै पर्ने भएको छ। धन संग मात्र मन भए पछि प्रशासन् तिनको रोजाईको बिषय थिएन र छैन पनि।  अनि जहाँ जहाँ मधिशे छैनन्, त्यता तिर्को तथ्यांक देखाएर बखेडा झिक्ने  काम भएको छ। हेल्थ असिस्टेन्ट् अनि ल्याब टेक्निसियनमा अधिकांश मधिसे हुनु पनि संयोग मान्नु मिल्दैन होला।
अर्को मनन् योग्य कुरा, हामीले आई एस्सी पढ्ने ताका, पुल्चोक क्याम्पसमा पढ्ने ७० देखि ९० प्रतिशत सम्म तराई मूलका हुन्थे। पछि संभवत २०४४ पछि प्रबेश परिक्षा को थालनी भए पछि तराई मूलको संख्या सीमित भएर १०-२०% मात्र रहन गए। यस वास्तबिकताले पनि धेरै कुराको असली मनसाय छरलङ् हुने छ। अझै हामी समाबेशी र उपेक्षाको नाममा गलत सूचना र मनसायको शिकार भैराख्या छौ जस्तो छ।
Read Full Discussion Thread for this article