Posted by: fucheketo February 25, 2008
प्रिये तिमीले यो पत्र नपाएपनि(दोस्रो पत्र)
Login in to Rate this Post:     0       ?        

कथाको शिर्षक मात्र पुरानो पात्र र घटनाक्रम सम्पुर्ण रुपमाँ नयाँ हुन् ।

माफ गर यदि मैले चिठ्ठिमाँ गरेको प्रिये सम्बोधन मन परेन भने!

तिमी मेरी थिइनौ ,कहिलै थिइनौ । तर कहिले काहि कुनै सम्बन्ध हरु नबनेका कारणले राम्रा देखिन्छन् । पराइ हुने बाध्यताले आफ्ना लाग्छन । चन्द्रमा टाढा छ त्यसैले त त्यो शितल लाग्छ ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ । तिमी मेरो बन्न सकिनौ त्यसैले मैले तिम्रा सम्झनाहरुलाइ आफ्नो मानेँ ।तिमीलाई साँचेको मुटुको कुनामा बिस्तारै तिम्रा यादहरु बसे ।

लोडसेडिङ को दिनमाँ झर्र मैनबत्ति कोरेर लेख्न बस्दा तिम्रो आक्रिती टेबल पछिको भित्तामाँ झ्वाट्ट देखा पर्यो अनि बिस्तारै हराएर गयो ।बिग्यान शायद यसलाई अवचेतन मनको परिकल्पना मान्दछ । मेरो पनि त्यो मान्नुको अरु बिकल्प थिएन ,तिमी नभइकन पनि देखिन्छौ भने त्यो मेरो भ्रम नै हुनु पर्छ ।किनकि मेरा सम्झना हरुमाँ त्यति शक्ति छैन जस्ले तिमीलाई तानेर त्यहाँ ल्याओस् ।"होइन यो लोडसेडिङको बेला निन्द्रा बिगारी बिगारी के लेख्नु पर्या हो हजुरलाई !" शीला(मेरी पत्नि) जब यो पत्र मैले लेख्न थाल्दै थिएँ कराउँदै थिई ।उसलाई विषयको ग्यान पनि थिएन । तर मेरो मनमाँ ,कलममाँ उकुसमुकुस , अटाइनअटाई भएर बसेकी तिमी जब म लेख्न थालेँ  बिस्तारै पोखिदै गयौ मेरा पन्ना पन्नामाँ मेरा शब्द अनुसार ,हरफ हरुको मापदण्डमाँ र बल्ल म नयाँ यात्राको यात्रि भएँ ।

 

मेरो चिठ्ठी मात्र अतित माँ दौडिएको छ ,तिम्रो लागि यो ऐना हुन्थ्यो तिमी कस्ती थियौ भनेर थाहा पाउनलाई,तर अफसोच तिमी यो चिठ्ठी पाउँदिनौ  । तिमीलाइ थाहा छैन ,पाटन छुन जुन शङ्खमुलको गल्लि गुज्रिनथ्यौ तिमी त्यहि बाटोमाँ मेरो कोठा थियो । मेरो बार्दलिबाट पहिलो चोटि तिम्लाई देखेँ ,त्यसपछि बानि पर्यो ।हर सन्ध्या हावा जब तिम्रो सुवाष बोकर आउँथ्यो म बाहिर निस्कन्थे तिम्रो दर्शन गर्न ।कुनै एक निमेषमाँ अधिकतम पाउन सक्ने खुशि त्यति नै हुन्छ भन्ने कुरामाँ म अझै सम्म विश्वस्त छु। त्यतिखेर तिमी धर्म गर्थ्यौ नथापाई नथापाई भए पनि ।खालि खालि मेरो आँखालाई त्रिप्तता दिन्थ्यौ अनि लगामहिन विषयहिन मेरा सपना लाई विषय ।

 

पढाई सिद्दियो म बानेश्वर तिर सरेँ । पानी रातिको तिन बजे आउँथ्यो , तिमी र मेरो एउटै घरपेटि भएको त्यहि दिन त हो थाहा भएको ! पुषको रातमाँ तिमीले मुख मफ्लर ले छोपेकि थियौ । जब मफ्लर झीक्यौ तब मात्र पत्ता लाग्यो तिमी तिमी थियौ भनेर ।

"लाइटर छ ?"मुखमा चुरोट को ठुटो सहितको पहिलो प्रश्न मलाई । मैले तिमीलाई नियाँले पहिलो पटक नियाल्न पाएको बार्दलिबाट बाहेक ।नियालाई कोण कोण बाट फरक हुन्छ तर जता बाट नियाले पनि फूल फूल नै रहन्छ काँडा काँडा नै ।काँडा कहिले काहीँ फूलको काँचुलि ओढ्न खोज्छ तर फूल सदैव फूल नै रहन खोज्छ,आफ्नो अस्ति्व उसलाई त्यति प्यारो हुन्छ ,आफ्नो अस्तित्वको अभिमान हुन्छ फूललाई ,किन थाहा छेन तर  तिमी अपवाद थियौ काँडा बन्न प्रयासरत फूल ।खस्रो तर सुरिलो बोलि ,सुख्खा आँखाहरु तर गहिराई समुन्द्रको जस्तो!!!!!!!! कुनै दिन पानी नभएको समुन्द्रको कुरा आए मेरो मनमाँ तिम्रो आँखा झ्वाट्ट देखा पर्नेछ । गाजल बिनाका राम्रा तर ज्वारभाटा बोकेका  , ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ ।मलाई तिमी राम्री लाग्यौ । मैले खुरुक्क लाईटर झिकेर तिमीलाई दिएँ ।त्यसपछि तिमीले बोल्न जरुरी ठानिनौ र धुवाँ बीचमाँ हरायौ ,मेरो मनमाँ अचानक तिम्रो लागि एउटा उपमा आयो "धुवाँ बीचकी सुन्दरी"

त्यसपछिका दिनमाँ मलाई तीन बजे उठ्न एलार्म चाहिएन तिम्रो पदचाप काफि थियो  ,सँधै जस्तै तिमी मेरो नजिकै हुन्थ्यौ धूवाँमा हराइरहेकी ,अनी म तिम्रो नजिकै हुन्थेँ तिमीमाँ हराइरहेको । तर फरक यत्ति मात्र थियो की पछिल्ला दिनमाँ तिमीले मेरो उपस्थितिलाई प्राथमिकता दिइनौ ,तिमी आफ्नै लाइटरको ज्वालाले निकालेको आफ्नै धुवाँ को परिधिमाँ हुन्थ्यौ जुन परिधिभित्र मेरो कुनै अस्तित्व थिएन,म क्लेश भर पनि थिइन । म भने भख्खर जिब्रो काटेर फड्फडाए जस्तो तिमी भित्रका ज्वारभाटा मुक भएर नियाल्न खोज्थेँ हर रात!!!!!!!!!!!!!!!!!!!!!!!!

क्रमश:

 

Read Full Discussion Thread for this article