Posted by: waka February 24, 2008
मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
Login in to Rate this Post:     0       ?        

फेरी एउटा गजल टास्ने कोशीश गरेको छु, प्रतिकृयाको आशामा छु    

 

   धोकामा जलेको मन कसै गरी थिर हुन्न 
    जति दले नि साबुनले मनको पिर धुन्न
 
    माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
    सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न
    हारजितको च्याँखेमा माया थापिएछ
    सबैलाई मात दियौ नि तिमीले तिर चुन्न
 
    बेनामी बजारमा लिलाम भएछ इज्जत
    सकिएन कसै गरे नि धागोले शिर तुन्न
    स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
    छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न

Read Full Discussion Thread for this article