Posted by: PallaGhareAntare February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

एकताका पखरातिर हुँदा साह्रै सुन्थें यो गीत। आज अझै मन पर्‍यो। कति मर्मस्पर्शी शब्दहरु।

बिरानो यो मन्दिरमा
कुनै दियो बल्दैन
नआउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन

हेलामा बांचिरहेछ्
कसरी तिमीलाइ समेटुं?
के लेखि दियो भावीले
कसरी यसलाई म मेटुं?
शीतको थोपा हुं म
मन्दिरको जल होइन
नआउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन

संधै म रमेको हुन्छु
आफ्नै छायाँको साथमा
बुझ्नै सकिन मैले
कुन्नि के राख्या छ जातमा
दक्षिणको घाम हुं म
पश्चिममा ढल्दैन
नआउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन।


 

Read Full Discussion Thread for this article