Posted by: Nepe February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ल कुरा मिल्यो हाम्रो ।

 

तैपनि नि (हिहि), एउटा काल्पनिक अवस्थाको लागि भने मेरो यो सानो बहस उपयोगी हुन सक्छ ।

 

मानीलिनुस्, उपल्ला जातका केही केटाकेटीहरु तपाई र एउटा कामी वा डुम (तराईका) को सामुन्ने लुकामारी खेलिरहेकाछन् । त्यसबेला तपाई के गर्नु हुन्छ ?

 

माईन्ड नगर्नुस् है कामीदाई, यो तपाईलाई अपमान गर्ने शब्द होईन भनेर टार्नुहुन्छ कि, डुम को साटो कुनै अर्कै शब्द भए पनि हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो ?

 

टारे टार्नुस् तपाइको खुशी, तर नटार्नेहरुको लागि भने नेपेले सुझाएको यो सानो सुझाव काम आउन सक्छ ।

 

यो बेकारको बहस चै होईन है भन्ने मेरो आग्रह । भुलचुक लिने दिने । ;-)

 

Nepe

Read Full Discussion Thread for this article