Posted by: Nepe February 24, 2008
आफ्नै चिहान
Login in to Rate this Post:     0       ?        

 

 

 

कविता यसको स्वरुप र संगठनले नै समान्यतया कम विचारप्रधान र बेसी भावनाप्रधान हुन्छ । तर भावनाप्रधान कविता दुनियामा यति धेरै रचिईसकिएको छ कि, केही भावना व्यक्त गर्न बाँकी होला जस्तो लाग्दैन मलाई । त्यसैले नयाँ योगदान गर्ने हो भने अलिक विचारप्रधान कविता लेख्नुपर्छ जस्तो लाग्छ । विचारप्रधान भनेको समस्यामात्र नदेखाएर त्यस समस्याको समाधान पनि सुझाउने खालको हो, सरल शब्दमा भन्नु पर्दा ।

 

अनि एउटा अर्को कुरा । गद्य कवितालाई अक्सर लाग्ने दोष के हो भने एक दुईवटा पूर्ण वाक्यहरुलाइ ट्याक ट्याक टुक्याएर कविता बनाईन्छ । जस्तो लोप्चनजीको पछिल्लो कविता निम्न वाक्यहरुको ट्याक ट्याक काटिएको टुक्रा जस्तो देखिन्छ ।

 

आज-भोली जिन्दगी बध-शालामा बध गर्न बन्दी बनाइएका पशु भन्दा सस्तो भएको छ । नत्र किन बन्दुकहरुले [] बमहरुले निर्दोष जिन्दगीहरु मारिन्थे ? किन निर्दोष शरीरहरु निरंकुश एम्बुसहरुले क्षत-विक्षत पारीन्थे ?

 

मान्छेहरुले के भन्न सक्छन् भने गद्य वाक्यमै जस्ताको तस्तै भन्न सकिने कुरा किन भाँचेर कविताजस्तो बनाउनु पर्‍यो ?

 

यस्तो प्रश्न सोध्नेको मुखमा बुझो लाग्ने खालको कविता लेख्नुपर्छ भन्ने मेरो आग्रह छ । अब के गर्दा बुझो लाग्ला त ? यो चाही कवि आफैले पत्ता लगाउने कुरा हो जस्तो लाग्छ मलाई । कविताका विभिन्न सांगठनिक उपकरणहरु (जस्तै: छन्दात्मकता) को प्रयोग गर्ने अभ्यास गर्दै जाँदा त्यो पहिलिएला ।

 

Nepe

Read Full Discussion Thread for this article